मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १२ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज १२ शुक्रबार १o:४५:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ब्युटी प्रडक्ट किन्दा नगर्नुस् गल्ती 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १२ शुक्रबार १o:४५:oo

मानिसहरू सुन्दर देखिनका लागि कस्मेटिक प्रडक्ट प्रयोग गर्छन् । अनलाइन सपिङ साइटमा मानिसलाई आकर्षित गर्ने गरी विभिन्न प्रडक्टको विज्ञापन गरिएको हुन्छ ।  तर, पर्याप्त जानकारी लिएर मात्रै यस्ता प्रडक्ट किन्नुपर्ने हुन्छ ।  

प्याकेजिङ : ब्रान्डेड ब्युटी प्रडक्टका विषयमा पहिले पर्याप्त जानकारी लिनुपर्छ । त्यसपछि तपाईंले किन्ने प्रडक्ट ओरिजिनल हो वा होइन भनेर चेक गर्नुपर्ने हुन्छ । प्याकेजिङमा ध्यान दिनुस् । डुप्लिकेट प्रडक्टको बक्सको कलर ओरिजिनल प्रडक्टको तुलनामा कम चम्किलो या हल्का हुन सक्छ । किनकि, अधिकांश डुप्लिकेट कस्मेटिक सामान अलग–अलग तरिकाले प्याकेजिङ भएका हुन्छन् । जबकि, ब्रान्डेड प्रडक्टको प्याकेजिङ एउटै हुन्छ । त्यस्तै, प्रडक्टको बक्समा लेखिएको कन्टेन्टको एक–एक लाइन पढ्नुस्  ।  

परीक्षण गर्नुस् : बजारमा क्लिन्जर, मोस्चराइजर र धेरै खाले कस्मेटिक प्रडक्ट उपलब्ध छन् । त्यसैले कुन प्रडक्ट प्रयोग गर्ने भनेर तय गर्न प्रयोगकर्तालाई मुस्किल हुन्छ । 

आफ्नो छाला कुन टाइपको छ भन्ने पहिचान गरेर त्यहीअनुसार प्रडक्ट किन्नुपर्छ । यसका लागि छालारोग विशेषज्ञसँग परामर्श गर्नु राम्रो हुन्छ । छालाको टाइप तय नगरी स्किन प्रडक्ट किन्दा चिलाउने, एलर्जी हुने, सुन्निनेलगायत समस्या देखिन्छन् । यसबाट बच्नका लागि सबैभन्दा राम्रो उपाय पहिले एकपटक प्रडक्टलाई ‘प्याच टेस्ट’ गर्नु हो ।  

रिभ्यु पढ्नुस् : युवतीहरूलाई नयाँ–नयाँ सामान किन्ने सोख हुन्छ । तर, कस्मेटिक सामान किन्नुअघि यसबारे रिभ्यु पढ्नु राम्रो हुन्छ । कुनै सेलेब्रिटी वा विज्ञापनको भरमा प्रडक्ट नकिन्नुस् । आफूले किन्ने प्रडक्टमा समावेश सबै इन्ग्रिडेन्टबारे जानकारी लिनु राम्रो हुन्छ । त्यस्तै, वेब सर्च गरेर प्रडक्टबारे राम्रोसँग जानकारी पनि लिन सकिन्छ ।