१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

घाटको एक बिघा पाँच कट्ठा जग्गा व्यक्तिको नाममा दर्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:५३:oo

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ४ मा स्थानीयले घाटको रूपमा प्रयोग गर्दै आएको जग्गा दलालहरूले बिक्री गरेको खुलेको छ । सिद्धार्थनगर नगरपालिका– १० एयरपोर्टनजिक घागरा खोलाछेउमा रहेको एक बिघा पाँच कट्ठा जग्गा बिक्री गरेको पाइएको वडा नम्बर ४ का अध्यक्ष भोला यादवले बताए ।

सो जग्गा अर्घाखाँचीका फर्सुराम घिमिरेको नाममा दर्ता भएको जिल्ला मालपोत कार्यालय रुपन्देहीका प्रमुख मालपोत अधिकृत कुमार आचार्यले जानकारी दिए । मालपोत कार्यालय रुपन्देहीबाट २८ वैशाख ०७० मा घिमिरेको नाममा दर्ता हुनुअगाडि उक्त जग्गा पर्ती थियो । 

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ र १० का स्थानीयले शव जलाउने घाटका रूपमा सो स्थान प्रयोग हुँदै आएको थियो । सो ठाउँलाई घाटको रूपमा प्रयोगका लागि ०४९ मा स्थानीयवासी र सिद्धार्थनगर नगरपालिकाको सहयोगबाट विश्राम सेड घर र दाहसंस्कार गर्न स्थान तयार गरिएको थियो । ०५४ मा जिल्ला विकास समिति रुपन्देही र सिँचाइ कार्यालयको सहयोगमा उत्तरतर्फ नदी कटान रोक्न तटबन्ध गरिएको थियो ।

०६१ मा रुपन्देही वातावरण संघबाट वृक्षरोपण र तारबार गरी स्मृति वनवाटिका नामाकरण गरिएको थियो । ०६२ मा लुम्बिनी युवा ग्रामीण विकास संघ र हेफर इन्टरनेसनलले वृक्षरोपण गरेका थिए । ०६८ मा स्थानीय र सिद्धार्थनगर नगरपालिकाको सहयोगबाट पितृ विसर्जन उपभोक्ता समिति गठन गरी घाटको सुदृढीकरण गरिएको थियो । 

जग्गाधनी घिमिरेले ०७२ देखि ०७९ सम्मको मालपोत कर एकैपटक दुई लाख ३४ हजार नगरपालिकामा बुझाएका छन् । ०७९/८० को मालपोत कर वडा नम्बर १० को वडा कार्यालयमा बुझाएको रेकर्डमा उल्लेख छ । उनले एकमुस्ट सात वर्षको कर बुझाएको देखिन्छ ।

वडाध्यक्ष भोला यादवले पुरानो मिति राखेर आव ०७८/७९ मा कारोबार गरेको हुन सक्ने बताए । जिल्ला मालपोत कार्यालय रुपन्देहीको कम्प्युटरमा २८ फागुन ०७१ मा दर्ता भएको देखाएको छ भने लालपुर्जा २८ वैशाख ०७० मा जारी भएको उल्लेख छ । 

ad
ad