१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

नियमित गर्नुस् सुगर फ्री डाइट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:१३:oo

हिजोआज सुगर फ्री डाइटको प्रयोग बढ्दो छ । संसारमै बढ्दो मोटोपना, मधुमेह, मेटाबोलिजमजस्ता समस्याका कारण यस्ता डाइटको प्रयोग बढ्न थालेको हो । किनभने, सुगर फ्री डाइटले यस्ता समस्याबाट बचाउन ठूलो भूमिका निर्वाह गर्छ । सुगर फ्री नेचुरल खाद्यपदार्थमा पोषण तत्वको मात्रा पनि भरपूर हुन्छ । 

कति सुगरले असर गर्छ ?
सुगर फ्री खाद्यपदार्थमा आवश्यकभन्दा बढी चिनी हुँदैन । यस्ता खाद्यपदार्थमा सामान्य कार्बाेहाइड्रेट पनि पाइन्छ । दैनिक ३५० क्यालोरीभन्दा बढी सुगर लिँदा मोटोपना, मधुमेह र मुटुसम्बन्धी रोगको जोखिम बढेर जान्छ । त्यति मात्र होइन, यसले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि कमजोर बनाउँछ । सुगर फ्री खाना भनेको कुनै पनि गुलियो पदार्थको प्रयोग बन्द गर्नु हो भन्ने धेरै भ्रम छ । तर, त्यस्तो होइन । सुगर फ्रीमा अन्न, फलफूललगायतका खाद्यपदार्थ पर्छन् । मैदाजस्ता प्रोसेस्ड गरी तयार पारिएका खाद्यपदार्थबाट भने सजग रहनुपर्छ । 

यसरी काम गर्छ 
चिनीरहित अर्थात् सुगर फ्री खाद्यपदार्थको प्रयोग गर्दा रगतमा चिनीको मात्रा अकस्मात् परिवर्तन हुने भन्ने होइन । यसले शरीरको मेटाबोलिजमको मात्रालाई सुधार गर्न मद्दत गर्छ । साथै, लामो समय पेट भरिएको महसुस पनि हुन्छ । शरीरमा प्रोटिन र बोसोले ऊर्जा उत्पादन गर्न सघाउँछ, जसले गर्दा बिस्तारै तौल पनि नियन्त्रणमा आउने गर्छ । सुगर फ्री खानामा अमिलो पदार्थ बढी मात्रामा प्रयोग गर्नुपर्ने हुन्छ । 

सुगर फ्री खाद्यपदार्थ 
- सुगर फ्री खाद्यपदार्थमा फाइबरको मात्रा बढी हुन्छ । यसमा ब्रोकाउली, गोलभेँडा, स्ट्रबेरी, ब्राउन राइसलगायत पर्छन् । 
- यसमा हेल्दी फ्याट पनि पर्छ । जसमा जैतुनको तेल, ओखर, बदाम, काजु, पेस्तालगायत पर्छ । 
- दाल, सिमी, सालमन फिस, अन्डा आदि खाद्यपदार्थ पनि सुगर फ्री हुन् । 
- मौसमी तरकारी र फलफूललाई पनि नियमित डाइटमा अनिवार्य प्रयोग गर्दा स्वास्थ्यमा निकै फाइदा पुग्छ । जस्तै– अम्बा, स्याउ, मौसम, सुन्तला, नास्पाती, किबी, ड्रागन फ्रुट एभोकाडोलगायत समावेश गर्दा हुन्छ । 
- सुगर फ्री खाद्यपदार्थको प्रयोग बढाउनका लागि प्राकृतिक खाद्यपदार्थसँग नजिक रहने गर्नुपर्छ । 
- खाने तरिकामा पनि सुधार ल्याउन आवश्यक छ । कुनै तरकारी वा खाद्यपदार्थ उमालेर वा फ्राई गरेर खान पनि सकिन्छ । तर, यसको पोषण तत्वमा ह्रास आउन दिनुहुँदैन ।  

सुगर फ्रीका फाइदा 
- यस्ता खाद्यपदार्थले तौल घटाउनुका साथै मधुमेहको खतरालाई कम गर्छ । 
- यस्ता खाद्यपदार्थले शरीरमा लामो समयसम्म ऊर्जा दिने गर्छ । नेचुरल सुगरमा सामान्य कार्बाेहाइड्रेट हुने गर्छ । जुन तत्कालै रगतमा मिसिन पुग्छ । 
- चिनी कम र बढी फाइबरयुक्त खाद्यपदार्थले पाचन प्रणालीमा पनि सुधार ल्याउने काम गर्छ । यसकै कारण केन्डिडा ब्याक्टेरिया र विभिन्न संक्रमणबाट बच्न सहयोग पुग्छ । 
- सुगर फ्री खाद्यपदार्थ पच्नका लागि लामो समय लाग्छ । जसले गर्दा दिनभर रगतमा चिनीको मात्रा एउटैजस्तो हुन्छ । 
- चिनीको सेवन कम गर्दा फ्याट र कलेजोको सम्भावना पनि कम भएर जान्छ । 
- नियमित रूपमा सुगर फ्री भोजनको प्रयोग गर्दा शरीर सुन्निने समस्या कम भएर जाने गर्छ । 

ad
ad