१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १ सोमबार
  • Monday, 01 July, 2024
२o८o असोज १ सोमबार o९:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

अपानिले चर्कायो असन्तुष्टि

एकीकृत समाजवादीले बिहीबारका लागि बोलायो सचिवालय बैठक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १ सोमबार o९:१७:oo

अन्तरपार्टी निर्देशन (अपानि)ले पार्टीभित्र हल्लीखल्ली मच्चाएपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । छलफलविनै अपानि जारी गरिएको भन्दै शीर्ष नेतृत्वबाटै आलोचना भएको छ भने तल्लो तहका नेता तथा कार्यकर्ताले पार्टी छाडेको र निष्क्रिय भएको घोषणा सामाजिक सञ्जालबाटै गर्न थालेपछि सचिवालय बैठक बोलाइएको छ ।

आगामी बिहीबार बस्ने गरी सचिवालय बैठक बोलाइएको एकीकृत समाजवादीले जनाएको छ । गत ५ देखि ७ भदौमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय भन्दै गत बिहीबार अध्यक्ष माधवकुमार नेपालले अपानि जारी गरेका थिए । अपानिमार्फत नेताहरूको जिम्मेवारी हेरफेर र २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो । केन्द्रीय परिषद सदस्य र विभागको सदस्यमा समेत मनोनीत गरिएको थियो । सम्मानित नेता झलनाथ खनालले अपानि आपत्तिजनक भन्दै सार्वजनिक रूपमै आलोचना गरेका छन् । उनले सल्लाहविनै जारी भएको अपानि फिर्ता लिन अध्यक्ष नेपाललाई चेतावनी नै दिएका छन् । 

पदाधिकारीको कार्यविभाजनमा समेत पक्षपात भएको भन्दै नेताहरू असन्तुष्ट

सचिव रामकुमारी झाँक्रीले प्रवास संयोजनको जिम्मा अस्वीकार गरेकी छिन् । यसअघि प्रदेश संयोजनको जिम्मेवारी पाएका श्रीप्रसाद साहले पनि जिम्मेवारी खुम्च्याएको भन्दै असन्तुष्टि जनाएका छन् । कृषिमन्त्री डा. बेदुराम भुसाललाई संगठन विभाग प्रमुख र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई संगठन विभाग उपप्रमुख बनाइएको छ । ज्वालाले कर्णाली प्रदेशको इन्चार्जको समेत जिम्मेवारी पाएका छन् । महासचिव घनश्याम भुसाललाई अनुगमनमा सीमित पारिएको छ । यसअघि महासचिव हुँदा पनि बेदुराम नै संगठन विभाग प्रमुख थिए ।

अध्यक्ष नेपालकै सचिवालयसमेत अपानिबारे सन्तुष्ट छैन । नेपालका स्वकीय सचिवसमेत रहेका केन्द्रीय सदस्य मोहन गौतमले अपानिमा उल्लेख भएका मनोनयन र जिम्मेवारी हेरफेरलाई लिएर भएको असन्तुष्टि, विरोध, विधि र मापदण्डप्रतिका कतिपय प्रश्न शतप्रतिशत सही रहेको बताएका छन् ।

केन्द्रीय सदस्य राजु गुरुङले कार्यविभाजनप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र रूपमा अगाडि बढ्ने घोषणा गरेका छन् । गण्डकी प्रदेशका सांसद दीपक मनाङेले पनि राष्ट्रिय परिषद् सदस्य अस्वीकार गरेका छन् । युवा संघका निवर्तमान महासचिव दीपक जिएमले ओली प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिएका छन् । अर्की नेतृ सावित्री मल्लले पनि दैलेख सहइन्चार्जको जिम्मेवारी अस्वीकार गरेकी छिन् । मापदण्डविना इन्चार्जबाट घटाएर सहइन्चार्ज बनाएको उनको गुनासो छ ।

पूर्वविद्यार्थी नेता ओसिम आलमले पार्टीमा सक्रिय भइरहनुको औचित्य नभएको बताएका छन् । उनी अनेरास्ववियुको वरिष्ठ उपाध्यक्षबाट केही दिनअघि बिदा भएका थिए । महिला र युवाको प्रतिनिधित्व कम भएको भन्दै असन्तुष्टि चुलिएको छ । 

ad
ad
ad
ad