मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २९ शुक्रबार २o:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अनुसन्धानात्मक र स्तरीय विचारले जनउत्तरदायी शासन प्रणालीलाई प्रवर्द्धन गर्छ : रिजाल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार २o:२९:oo

कांग्रेस नेता डा. मीनेन्द्र रिजालले नेपाली समाजमा अनुसन्धानात्मक र स्तरीय विचारको आवश्यकता रहेको बताएका छन् । बानेश्वरमा कामाद जर्नलको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्ता लेख–रचनाले प्रजातान्त्रिक, खुला शासकीय प्रबन्ध र जनउत्तरदायी शासन प्रणालीलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बताएका हुन् । 

कामाद जर्नल, प्रशासन, व्यवस्थापन, आर्थिक विकास, मानव विकास, सुशासनलगायतका समसामयिक विषयवस्तुमा केन्द्रित भई विगत २५ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको बौद्धिक पत्रिका हो । जर्नलमा प्रशासक र पूर्वप्रशासकका लेख प्रकाशन हुँदै आएका छन् । 

जर्नलको हालसम्म ३६ अंक प्रकाशन भएको छ भने तीन सय ९६ लेख प्रकाशित भएका छन् । कार्यक्रममा जर्नललाई अनलाइन संस्करणमा लैजाने तयारी भइरहेको जानकारी गराइएको थियो ।

कार्यक्रममा कामाद जर्नलका प्रधानसम्पादक डा. प्रदीपप्रसाद उपाध्याय र पूर्वसम्पादक जीवराज कोइरालाले कामादको विगतदेखि वर्तमानसम्मको विकासक्रमलाई संयुक्त रूपमा प्रस्तुत गरेका थिए । कामादका पूर्वसम्पादक डा. हीरामणि घिमिरेले कामाद पत्रिकाको गुणस्तर र पहुँच वृद्धि तथा बजार व्यवस्थापनलगायतका विषय तथा भावी कार्यदिशाबारेमा प्रस्तुति राखेका थिए । 


लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले कामाद पत्रिका प्रशासन र व्यवस्थापन विषयमा अध्ययन गर्न चाहने सबैका लागि ज्ञानबर्द्धक पत्रिका रहेको बताए । उनले यसलाई समयको परिवर्तनसँगै थप परिष्कार र परिमार्जन गर्दै अघि बढ्न आवश्यक रहेको सुझाव दिए । 

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले कामाद पत्रिकामा पुराना लेखकहरूका साथसाथै नयाँ पुस्ताका लेखक तथा अनुसन्धानकर्मीहरूलाई प्रोत्साहित गर्नुपर्ने र उनीहरूका नवीन विषयका शोधमूलक लेखरचनाहरूलाई पनि समेट्दै अघि बढ्न उपयोगी हुने सुझाव दिए ।

पूर्वमुख्य सचिव डा. विमल कोइरालाले आगामी दिनमा अनुसन्धानमूलक वा फिचर आर्टिकल वा दुवैको मिश्रित स्वरूप आवश्यक रहेको बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल, सचिव केवल भण्डारी, पूर्वसचिव शारदाप्रसाद त्रिताल, यामकुमारी खतिवडालगायतले सुझाव दिएका थिए ।