मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ १४ बिहीबार
  • Tuesday, 01 September, 2026
२o८o भदौ १४ बिहीबार १३:१२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जोहानेसबर्गको आवासीय भवनमा आगलागी, ६३ जना मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १४ बिहीबार १३:१२:oo

दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित एक भवनमा आगो लाग्दा ६३ जनाको मृत्यु भएको छ भने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन्।

दक्षिण अफ्रिकाको आपतकालीन सेवाका प्रवक्ता रोबर्ट मुलाजीका अनुसार हालसम्म ५२ जनाको शव फेला परेको तथा ४३ जना सामान्य घाइते भएका छन्। 

पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन्। प्रवक्ता मुलाजीले मृतकको संख्या बढ्न सक्ने बताएका छन्। घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ। 

आगो निभाउने प्रयासमा दमकलका कर्मचारी प्रत्येक तलामा परिचालन भएका छन्। घाइतेलाई अस्पताल पुर्‍याइएको छ। आगलागीको कारण भने खुलेको छैन। 

केही समयअघिसम्म सहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्रमा रहेको उक्त भवनमा घरबारविहीन स्थानीय जबर्जस्ती बसेका बताइएको छ। आफ्ना सरसामान जोगाउने प्रयासमा केहीले ज्यान नै गुमाएका जनाइएको छ।