१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० भदौ ७ बिहीबार ११:३८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

विमान दुर्घटनामा वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनसहित १० जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० भदौ ७ बिहीबार ११:३८:००

रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बुधबार वागनर समूहको निजी सैन्य कम्पनीका नेता येवगेनी प्रिगोजिनसहित १० जनाको दुर्घटनामा मृत्यु भएको बताइएको छ । विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । 

रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको  विवरणमा विमान दुर्घटनामा मृत्यु हुनेहरूको सूचीमा एभगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको पनि नाम पनि उल्लेख गरिएकाे छ ।

को हुन् येवगेनी प्रिगोजिन ?

रुसको सैन्य नेतृत्वविरुद्ध देखिएका येवगेनी प्रिगोजिनको विगत सनसनपूर्णी र अविश्वसनीय छ । सेन्ट पिटर्सबर्गमा सन् १९६१ मा जन्मिएका येवगेनी १८ वर्षको उमेरमै चोरीको आरोपमा पक्राउ परी दोषी ठहर भएका थिए । तर, सन् १९८१ मा दोस्रोपटक पनि चोरी अपराधमा पक्राउ परेपछि भने उनलाई १२ वर्षको जेल सजाय सुनाइयो । उनी नौ वर्ष जेलमा बिताएर सन् १९९० मा जेलबाट छुटेका थिए । त्यसपछि आमासँग पाउरोटी बेच्न थालेका उनी थुप्रै रेस्टुरेन्ट र क्याटरिङ व्यवसायसहित यो क्षेत्रका अग्रणी बन्न पुगे ।

क्याटरिङ सेवाबाटै पुटिनसँग उनको सम्बन्ध स्थापित भयो । उनले क्रेमलिनलाई सेवा दिन थाले र ‘पुटिनका सेफ’ उपनामले समेत चिनिन थाले । पछि उनी मिडियालगायत अन्य क्षेत्रमा पनि विस्तार भए । उनको ट्रोल फ्याक्ट्री ‘इन्टरनेट रिसर्च एजेन्सी’ले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनलाई प्रभावित गरेको भनेर अमेरिकाले प्रतिबन्ध नै लगाएको छ ।

गत मेमा दिएको एउटा अन्तर्वार्तामा उनले आफूसँग ५० हजार सेना रहेको र तीमध्ये ३५ हजार अग्रमोर्चामा रहेर लडिरहेको बताएका थिए । अमेरिकाले पनि युक्रेनमा वागनर समूहबाट ५० हजारले लडिरहेको आकलन गरेको थियो, जसमध्ये १० हजार भाडाका र अन्य ४० हजार कैदीबन्दी रहेको उसको आकलन थियो ।