१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ६ बुधबार
  • Friday, 27 September, 2024
२o८o भदौ ६ बुधबार ११:३९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विनाविभागीय मन्त्रीले ९३औँ दिन पाए जिम्मेवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ६ बुधबार ११:३९:oo

बागमती प्रदेशका विनाविभागीय मन्त्री रामकृष्ण चित्रकारले ९३औँ दिन जिम्मेवारी पाएका छन् । गएको ७ जेठमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रीमा नियुक्त गरे पनि उनलाई मन्त्रालयको जिम्मेवारी दिएका थिएनन् । चित्रकारले ९३औँ दिन उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका हुन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार (कार्य विभाजन) नियमावली, ०८० स्वीकृत गरेपछि चित्रकारलाई जिम्मेवारी दिइएको हो । उनले मंगलबार नै मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् । यससँगै बागमती सरकारमा मन्त्रालयको संख्या १२ पुगेको छ ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशमा खर्च कटौती गर्ने भन्दै पदभार ग्रहणपछि मन्त्रालयको संख्या घटाउने निर्णय गरेका थिए । उनी मुख्यमन्त्री हुँदा रहेका १४ मन्त्रालयलाई ११ मा घटाउने उनले पहिलो निर्णय गरेका थिए । तर, सत्तागठबन्धनभित्र भागवण्डा मिलाउन सकस परेपछि उनले मन्त्रालय बढाएका हुन् । यसैबीच, बागमती प्रदेश सभा बैठक १७ गतेका लागि आह्वान गरिएको छ । आर्थिक वर्ष ०८०/८१ को बजेट पारित भएपछि २१ असारदेखि बैठक बस्न सकेको छैन ।