१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ५ मंगलबार
  • Monday, 01 July, 2024
म्याड्रिड
२o८o भदौ ५ मंगलबार o८:४४:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

खेलाडीलाई चुम्बन गरेका अध्यक्ष लुइसले मागे माफी

Read Time : > 2 मिनेट
म्याड्रिड
नयाँ पत्रिका
२o८o भदौ ५ मंगलबार o८:४४:oo

विश्व च्याम्पियन स्पेनिस खेलाडी जेनिन हर्मोसोलाई तीनपटक चुम्बन गरेका लुइसले आफूलाई नियन्त्रणमा राख्न नसक्दा अशोभनीय व्यवहार भएको प्रतिक्रिया दिए

स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुविलेसले महिला विश्वकप फुटबल च्याम्पियन खेलाडीलाई चुम्बन गरेकोप्रति माफी मागेका छन् । अस्ट्रेलियाको सिड्नीमा आइतबार इंग्ल्यान्डलाई १–० ले हराएपछि खुसीयाली मनाउने क्रममा च्याम्पियन स्पेनिस खेलाडी जेनिन हर्मोसोलाई लुइसले तीनपटक चुम्बन गरेका थिए । यसपछि सोसल मिडियामा उनको आलोचना भएको थियो । उनले जितको खुसीमा आफूले नियन्त्रण राख्न नसक्दा खेलाडीमाथि अशोभनीय व्यवहार भएको प्रतिक्रिया दिएका छन् । 

‘वास्तवमा म शतप्रतिशत गलत थिएँ, मैले आफ्नो गल्ती स्विकार्नुपर्छ,’ लुइसले भनेका छन्, ‘यद्यपि, मेरो नियम खराब थिएन, यो एउटा विश्व च्याम्पियन भएको क्षणमा रोक्न नसकेको घटनाका रूपमा लिएका छु ।’ भविष्यमा यस्तो गल्ती नहुने वाचा गर्दै उनले अध्यक्षका रूपमा खेलाडीलाई सम्मान गर्ने जनाए ।

फेरि पनि म खेलाडी र टोलीसँग माफी माग्न चाहन्छु, मलाई थाहा छ, एक फुटबल संघका अध्यक्षले यस्तो कार्य गर्दा अरूलाई कस्तो असर पर्छ,’ उनले भने, ‘दायित्व निर्वाह गरेका व्यक्तिबाट यस्तो कार्य गर्न मिल्दैन, आगामी दिनमा म सचेत रहनेछु ।’ सोमबार स्पेनिस मिडिया र सरकारका मन्त्रीहरूले उनको कार्यप्रति खेद जनाएका थिए । सर्वत्र आफ्नो विरोध र नराम्रो प्रतिक्रिया आएपछि रुवेलले माफी मागेको जनाएका छन् । स्पेनिस एक मन्त्री आइर्ने मोन्टेरोले अध्यक्षको कार्यलाई महिलामाथि यौन दुर्व्यहार भएको बताएका छन् । 

‘भिडियो र लाइभमा हेर्दा यो एक किसिमको महिलामाथि गरिएको यौन दुर्व्यहारजस्तै देखियो,’ मोन्टेरोले भने, ‘स्पेनमा दैनिक रूपमा महिलाले यस्तै घटनाको सामना गर्नुपरेको छ ।’ उनले स्पेनको फुटबल हाँकिरहेका व्यक्तिबाट यस किसिमको व्यवहार अकल्पनीय भएको जनाए । ‘हेर्दा समान्यजस्तो लाग्छ, तर यो सामान्य रूपमा लिन सकिँदैन,’ उनले भने, ‘तेस्रो व्यक्तिमाथि चुम्बन गर्न अनुमति लिनुपर्छ, छोरा वा छोरीलाई माया गर्न अनुमति चाहिँदैन, तर अरूलाई गर्नुपर्दा अनिवार्य अनुमति चाहिन्छ, जुन अध्यक्षले लिएका छैनन् ।’ 

यस्तो थियो घटना
नवौँ संस्करणको फाइनल हेर्न लुइस सिड्नी पुगेका थिए । उनले भिभिआइपी बक्समा बसेर फाइनलको मजा लिए । खेलमा स्पेन विजयी भयो । खेल सकिएपछि उपाधि जितेको खुसीयाली मनाउन स्पेनिस फुटबलका पदाधिकारी पनि खेलाडीसँग थिए । त्यही हुलमा लुइस पनि थिए । उनले महिला खेलाडीसँग खुसी साटासाट गर्नेक्रममा स्पेनिस टोलीकी अनुभवी मिडफिल्डर जेनिफर हर्मोसोलाई चुम्बन गरेका थिए । जेनिफरको अनुमतिविना नै उनको ओठमा चुम्बन गरेपछि अध्यक्ष लुइस विवादमा तानिए । 

मिडफिल्डर जेनिफर र टोलीका अन्य खेलाडीले घटनाको प्रत्यक्ष प्रसारण भइरहेको र चुम्बनको घटना पनि भिडियोमा रेकर्ड भएको जानकारी पछि मात्र पाए । कतिपय समर्थकले महासंघका अध्यक्ष लुइस र मिडफिल्डर जेनिफरबीच प्रेम सम्बन्ध रहेको आशंका पनि व्यक्त गरे । यस विषयमा विश्व फुटबल महासंघ (फिफा)ले तत्काल प्रतिक्रिया दिएको छैन । मिडफिल्डर जेनिफरले पनि सामाजिक सञ्जालमार्फत कुनै प्रतिक्रिया सार्वजनिक गरेकी छैनन् ।

खेलपछि कप्तानलाई बुबाको निधनको खबर 
महिला विश्वकपमा स्पेनका लागि इतिहास कोर्ने क्रममा कप्तान ओल्गा कार्माेनाले निर्णायक गोल गरिन् । विश्वकप फाइनलमा निर्णायक गोल गरेपछि उनले मेर्ची लेखिएको टिर्सट देखाउँदै सेलिब्रेसन गरेकी थिइन् । ‘यो मेरो साथीका लागि समवेदना थियो, जसले केही दिनअघि आफ्नी आमा गुमाएकी थिइन्,’ उनले भनिन् । साथीकी आमाका लागि विश्वकपमा गरेको गोल समर्पण गरिरहँदा मेर्चीलाई पनि थाहा थिएन, उनका बुबाले पनि सधैँका लागि छाडेर गइसके । उनका बुबा लामो समयदेखि बिरामी थिए । उनका बुबाको शुक्रबार नै निधन भएको थियो । 

कार्मोनाको परिवार र साथीहरूले विश्वकपको फाइनलअघि उनलाई बुबाको निधनको खबर नसुनाउने निर्णय गरेका थिए । कार्मोनाको ध्यान फाइनलमा मात्रै केन्द्रित होस् भन्नका लागि कार्माेनाकी आमा र भाइहरू उनलाई समर्थन गर्न अस्ट्रेलिया पुगेका थिए । कार्मोनालाई खेलपछि मात्रै उनको बुबाको मृत्युको खबर सुनाइएको थियो । त्यसपछि कार्मोनाले सामाजिक सञ्जालमा लेखिन्, ‘मलाई थाहा छ, तपाईंले हेरिरहनुभएको छ, मप्रति गर्व महसुस गर्नुभएको छ, हार्दिक श्रद्धाञ्जली बुबा !’ 

ad
ad
ad
ad