१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ ३ बिहीबार १o:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महेन्द्रनगर–गड्डाचौकी राजमार्ग बन्द 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:३७:oo

आन्दोलनका कारण महेन्द्रनगर–गड्डाचौकीको यातायात ठप्प भएको छ 

नेपाल विद्युत् प्राधिकरणको लापरबाहीले युवकको मृत्यु भएको भन्दै स्थानीयले पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत महेन्द्रनगर–गड्डाचौकी सडकखण्ड अवरुद्ध गरेका छन् ।बुधबार साँझ करेन्ट लागेर भीमदत्त नगरपालिका- १० सुकासालका ३६ वर्षीय दिनेश ओडको मृत्यु भएको थियो । करेन्ट लागेर घाइते भएका दिनेशको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको हो । 

विद्युत् प्राधिकरणको लापरबाहीले ओडको मृत्यु भएको भन्दै स्थानीयले बिहीबार बिहानैदेखि सडक अवरुद्ध पारेका हुन् । सुकासाल क्षेत्रमा टायर बालेर उनीहरूले आन्दोलन गरेका छन् । सडक ठप्प हुँदा यात्रु गन्तव्यमा पुग्न पाएका छैनन् ।

मृतक दिनेशका मामा महान्त ओडले घरबाट पसल जाने क्रममा हात माथि गर्दा विद्युतको तार छोइँदा करेन्ट लागेर आफ्नो भान्जा ढलेको बताए । ‘विद्युत् प्राधिकरणको लापरबाहीले गर्दा तार तलैसम्म लत्रेका छन्,’ उनले भने, ‘भान्जाले हात माथि गर्दा विद्युत् प्रसारण भएको तारमा छोइएछ ।  करेन्ट लागेर घाइते भएका उनलाई हामीले तत्काल अस्पताल लग्यौँ, तर, अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरिदिए ।’ 

मृतका आफन्त प्रकाश ओडले विद्युत् प्राधिकरणको लापरबाहीले दिनेशले अकालमै ज्यान गुमाएको बताए । उनले घटना घटेपछि विद्युतको गाडी आएर तार लगेको बताए  । ‘यो घटनामा प्राधिकरणको लापरबाहीले भएको छ,’ उनले भने, ‘हामीले न्याय पाउनुपर्छ, न्याय नपाउँदासम्म आन्दोलन जारी रहन्छ ।’

विपन्न दिनेश ओडको मृत्यु भएसँगै घर–परिवार बिचल्लीमा परेका छन् । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर शाखाले यस घटनाबारे कुनै प्रतिक्रिया दिन मानेको छैन । कञ्चनपुर प्रहरी प्रवक्ता प्रकाश डाँगीले विद्युत् र टेलिकमसहितका निकायसँग समन्वय भइरहेको बताए । 

ad
ad