१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण २८ आइतबार १४:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

न्यायिक समितिमा पसलदेखि कोठा खाली गराइदिने उजुरीका चाङ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण २८ आइतबार १४:५२:००

काठमाडौं महानगरपालिकाकाे न्यायिक समितिमा उजुरी दिनेहरूको संख्या बढेको छ।

न्यायिक समितिमा उजुरी दिनेहरूमध्ये अधिकांश उजुरी पसलहरू बन्द गर्न, सटर खाली गरिदिन, कोठा खाली गराइदिनेलगायतका उजुरी दिनेहरूको संख्या बढ्दै गएको हो।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले न्यायिक समितिमा पछिल्लो समय उजुरी दिनेहरूको संख्या बढेको बताइन्। उनले पसलहरू बन्द गर्न, सटर खाली गरिदिन, कोठा खाली गराइदिन माग गर्दै उजुरीहरू पर्ने गरेको उल्लेख गरिन्। 

न्यायिक समितिको इजलासमा प्रत्येक १० उजुरीमा आठवटा उजुरी बन्द गराइदिन र खाली गराइपाउँ भन्ने किसिमले पर्ने गरेको बताइन्। न्यायिक समितिमा आएका उजुरीलाई हेर्दा काठमाडौंमा यस किसिमका संकेत देखिनु राम्रो नभएको उनको भनइ थियो। उनका अनुसार यस्ता घटना बढ्नु भनेको अर्थतन्त्र चलायमान हुन नसक्नु हो। 

उपप्रमुख डंगोलले महानगरपालिकाले बजार अनुगमन र मूल्यांकनलाई तीव्रता दिने बताउँदै नीति, कार्यक्रम र बजेटलाई प्रभावकारी बनाउन योजना अनुगमनलाई प्राथमिकतामा राखेको जानकारी दिइन्।