
काठमाडौं महानगरपालिकाविरुद्ध नेपाल रिकलेक्टर्स एन्ड रिसाइक्लर्स एसोसिएसनले प्रदर्शन गरेको छ।
कवाडी व्यवसायीहरूमाथि दमन गरेको भन्दै आइतबार कवाडी व्यवसायीहरूले महानगरपालिकाका मेयरको कार्यालय राष्ट्रिय सभा गृहअगाडि विरोध र्याली निकालेका हुन्।
र्यालीमा सहभागीहरूले ‘कानुनी शासन लागू गर’, ‘अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर’, ‘अदालतको निर्णयको सम्मान गर’जस्ता नारा लगाएका थिए।