१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २६ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका अकल्यान्ड
२o८o श्रावण २६ शुक्रबार १७:५८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जापानलाई हराउँदै स्विडेन अन्तिम चारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अकल्यान्ड
नयाँ पत्रिका
२o८o श्रावण २६ शुक्रबार १७:५८:oo

संघर्षपूर्ण खेलमा जापानलाई २–१ ले पराजित गर्दै स्विडेन फिफा विश्वकप फुटबल २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । 

न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा भएको दोस्रो क्वार्टरफाइनल खेलमा स्विडेनले पूर्वविश्वकप विजेता जापानलाई निराश बनायो । स्विडेनले लगातार दोस्रोपटक पूर्वविश्वकप विजेतालाई पराजित गरेको हो । यसअघि प्रि–क्वार्टरफाइनलमा उसले डिफेन्डिङ च्याम्पियन तथा चारपटकको विश्वकप विजेता अमेरिकालाई सडन डेथमा हराएको थियो । 

शुक्रबार विश्वकपको उपाधि दाबेदार मानिएको जापानलाई पनि उसले नै घर पठाएको हो । खेलमा प्राप्त पेनाल्टी सदुपयोग गर्न नसक्दा जापान निराश हुन बाध्य भयो । स्विडेनले भने प्राप्त पेनाल्टीमा गोल गर्‍याे । 

स्विडेनको जितमा एमान्डाले ३२औँ मिनेट र फिलिप्पाले ५१औँ मिनेटमा गरेको गोल निर्णायक साबित भयो । जापानकी होनोका हायासीले ८७औँ मिनेटमा गोल फर्काए पनि त्यो पर्याप्त भए । त्यसअघि ७६औँ मिनेटमा प्राप्त पेनाल्टीमा रिको युकी गोल गर्न चुकेकी थिइन् । उनले प्रहार गरेको बल क्रासबारमा लागेर फर्किएको थियो । रिवाउन्डमा हेडर गोल गर्ने उनको प्रयास पनि सार्थक बन्न सकेन ।