१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २३ मंगलबार
  • Sunday, 29 September, 2024
टेकराज थामी काठमाडाैं
२o८o श्रावण २३ मंगलबार o६:२४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सय किलो सुन तस्करी प्रकरण : अनुसन्धानका लागि सिआइबीमै विशेष  कार्यालय, एसपीको नेतृत्वमा विशेष टोली गठन 

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २३ मंगलबार o६:२४:oo

सय किलो सुन तस्करी प्रकरणमा पक्राउ अभियुक्तविरुद्ध हालसम्म राजस्व चुहावटअन्तर्गत अभियोगमा मात्रै अनुसन्धान भएकोमा अब अवैध सुन चोरी–पैठारी तथा संगठित अपराधअन्तर्गत अनुसन्धान हुने भएको छ । राजस्व अनुसन्धान विभागबाट कागजातसहित अभियुक्तको जिम्मा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ‘विशेष कार्यालय’ नै खोलेर एसपी सञ्जयसिंह थापाको नेतृत्वमा विशेष टोली गठन गरी अनुसन्धान गर्न लागेको हो । 

सिआइबी परिसरमै खोलिने ‘विशेष कार्यालय’मा अनुसन्धानका लागि आवश्यक सम्पूर्ण उपकरण जडान गरिँदै छ । दोस्रो तलामा रहने कार्यालयमा उक्त घटनाको अनुसन्धानसँग सम्बन्धितबाहेकका प्रहरी अधिकारीलाई प्रवेश निषेध गरिनेछ । पक्राउ अभियुक्तविरुद्ध सिआइबीले सोही कार्यालयस्थित ‘विशेष कोठा’मा राखेर केरकार गर्नेछ र अनुसन्धान प्रतिवेदन तयार गर्नेछ । एसपी थापा नेतृत्वको विशेष टोलीले मंगलबारबाट अनुसन्धान थाल्ने तयारी छ ।

टोलीमा सिआइबीका उत्कृष्टमध्येका डिएसपी, इन्स्पेक्टर र जुनियर अधिकृत सहभागी छन् । टोलीलाई प्रत्यक्ष सुपरिवेक्षण तथा निर्देशन दिने काम भने सिआइबीका डिआइजी यज्ञविनोद पोखरेलले गर्नेछन् । अनुसन्धानको सम्पूर्ण नेतृत्व भने सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले नै गर्नेछिन् । 

घटनाको कोर एरियामा पुगेर तथ्य बाहिर ल्याउँछौँ : एआइजी किरण बज्राचार्य, प्रमुख, सिआइबी
अभियुक्तविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले सोमबार नै सात दिनको म्याद थपिदिएको छ । अनुसन्धानको फाइल मंगलबारबाट खोलिन्छ । अन्यमा झैँ प्रहरीले यस घटनामा पनि व्यावसायिक ढंगले अनुसन्धान गर्नेछ । घटनाको ‘कोर एरिया’सम्म पुगेर तथ्य बाहिर ल्याउन प्रहरीको कोसिस रहनेछ ।

‘अभियुक्तविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले सोमबार नै सात दिनको म्याद थपिदिएको छ । अनुसन्धानको फाइल मंगलबारबाट खोलिन्छ । अन्यमा झैँ प्रहरीले यस घटनामा पनि व्यावसायिक ढंगले अनुसन्धान गर्नेछ । घटनाको ‘कोर एरिया’सम्म पुगेर तथ्य बाहिर ल्याउन प्रहरीको कोसिस रहनेछ,’ एआइजी बज्राचार्यले भनिन् ।

सिआइबीका अनुसार थप गरिएको नयाँ म्याद पुरानो म्यादसँगै मिलान हुनेछ । अवैध सुन चोरी–पैठारी तथा संगठित कसुरमा सिआइबीले पक्राउ अभियुक्तविरुद्ध अब ४० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउनेछ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले भने, ‘सय किलो सुन तस्करी अनुसन्धान गर्न एसपीको नेतृत्वमा विशेष टोली गठन भएको छ । टोलीमा अन्य प्रहरी अधिकृत पनि सहभागी छन् । टोलीलाई निर्देशन दिने र सुपरिवेक्षण गर्ने काम भने डिआइजीले गर्नेछन् ।’

सय किलो सुन तस्करी अनुसन्धानलाई इतिहासकै सबैभन्दा ठूलो र जटिल घटनाको रूपमा हेरिएको छ । यसमा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय तस्कर जोडिएका छन् । जसमध्ये तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वान लिन, तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ, भारतीय नागरिक राकेश अकुडियालगायतका छन् । छिरिङ, लिन र दावालगायत पक्राउ परे पनि अकुडियासहित घटनामा संलग्न अन्य अभियुक्त अहिले फरार छन् । 

पक्राउ परेका अभियुक्तको बयान र फरार रहेका अभियुक्तको ‘ट्राभल हिस्ट्री’ तथा ‘कल डिटेल’ हेर्दा घटना संगठित तवरले अन्तरदेशी भूमि प्रयोग गरी भएको देखिएपछि अनुसन्धानको जिम्मा सिआइबीलाई दिन राजस्व अनुसन्धान विभाग तयार भएको हो । अनुसन्धानको १९ दिनमा विभागले सुन स्टोर गर्न खोलिएको दुई स्टोर नै फेला पारेको थियो । स्टोरमा सुन ल्याउन प्रयोग गरिएका स्कुटर÷मोटरसाइकलका ब्रेकसु, सुन गाल्न प्रयोग गरिएका मेसिन, जोख्ने तराजुलगायत सामग्री भेटिएका थिए । 

राजस्व अनुसन्धान विभागले गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिरबाट तस्करी भएर आएको सय केजी सुन बरामद गरेको थियो । विभागले ट्याक्सीचालक अशोक लामा र रेडी ट्रेडका सञ्चालक दिलीप भुजेललाई घटनास्थलबाटै पक्राउ गरेको थियो । उनीहरूकै बयानका आधारमा विभागले थप १६ अभियुक्तलाई पक्राउ गरेको थियो । अनुसन्धानको १९ दिनपछि आइतबार विभागले पक्राउ अभियुक्तसहित घटनासँग सम्बन्धित सम्पूर्ण कागजात तथा दसी प्रमाण सिआइबीलाई बुझाएको थियो । 

यस्तो हुनेछ विशेष कार्यालय
सिआइबी परिसरमै खोलिने ‘विशेष कार्यालय’मा अनुसन्धानका लागि आवश्यक सम्पूर्ण उपकरण जडान गरिँदै छ । दोस्रो तलामा रहने कार्यालयमा उक्त घटनाको अनुसन्धानसँग सम्बन्धितबाहेकका प्रहरी अधिकारीलाई प्रवेश निषेध गरिनेछ । पक्राउ अभियुक्तविरुद्ध सिआइबीले सोही कार्यालयस्थित ‘विशेष कोठा’मा राखेर केरकार गर्नेछ र अनुसन्धान प्रतिवेदन तयार गर्नेछ । एसपी थापा नेतृत्वको विशेष टोलीले मंगलबारबाट अनुसन्धान थाल्ने तयारी छ ।

हालसम्म १८ आरोपी पक्राउ, विभिन्न गोदाममा छापा 
यो प्रकरणमा हालसम्म १८ जना पक्राउ गरिएका छन् । पक्राउ पर्नेमा १४ नेपाली, एकजना चिनियाँ, एक भारतीय र एक तिब्बती मूलका बेल्जियमका नागरिक छन् । नेपालीहरूमा भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालक अशोक लामा, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, हर्कराज राई, कार्गो सञ्चालकहरू कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट, राजन श्रेष्ठ छन् । त्यस्तै, भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरेमा खटिएका सरोज श्रेष्ठ, भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, सुरेन्द्र तामाङ र रुक्मिना सुब्बा पनि पक्राउ परेका छन् । त्यस्तै, तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वान लिन र तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ छन् । उनीहरूलाई पनि विभागले प्रहरीको जिम्मा लगाएको छ । विभागले टोखा, लाजिम्पाट, सोह्रखुट्टे, बालुवाटारका विभिन्न गोदाममा छापा हानेर जफत गरेका सामग्री प्रहरीको जिम्मा लगाएको छ ।