१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
ललितपुर महानगरपालिकाले आइतबार पाटन दरबार क्षेत्रको एक मन्दिरमा लगाएको प्रवेश निषेध बोर्ड । तस्बिर : संजित परियार/नयाँ पत्रिका
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पाटन दरबार क्षेत्रमा  युवायुवतीलाई कडाइ गर्दै महानगर 

चार मन्दिरमा प्रवेश निषेध, नगर प्रहरी र नेपाल प्रहरीले निगरानी बढाउँदै

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:५४:oo

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रभित्र प्रवेश गर्ने मानिसलाई बस्न, थकाइ मार्न, छलफल, बहस गर्न निषेध गरेको छ । कडाइस्वरूप महानगरले दरबार क्षेत्रको दुई मन्दिरका सिँढीमा बस्न रोक लगाएको छ भने ती मन्दिरमा ‘नो इन्ट्री’को ट्याग झुन्ड्याएको छ ।

महानगरले सोमबारदेखि थप दुई मन्दिरमा पनि प्रवेश निषेध गर्ने भएको छ । महानगरले यसअघि शनिबार विश्वनाथ मन्दिर र हरिशंखर मन्दिरमा बस्न निषेध गरेको हो । सोमबारदेखि जगतनारायण र कृष्ण मन्दिरमा पनि प्रवेश निषेध गरेको हो । कृष्ण मन्दिरमा भने दर्शनका लागि जान पाउने, तर बस्न भने नपाउने भएको छ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत दरबार क्षेत्रमा युवायुवतीले अनैतिक क्रियाकलाप गर्ने गरेको भन्दै स्थानीयले उजुरी गरेपछि यस्तो निर्णय गरेको महानगरले जनाएको छ ।

‘युवायुवतीहरू मन्दिरको माथिल्लो भागमा बसेर अनैतिक क्रियाकलाप गर्न थाले । पर्यटकले मन्दिरको फोटो खिच्दा मन्दिरको भन्दा युवायुवतीको फोटो आउन थाल्यो । अनैतिक क्रियाकलापका कारण स्थानीयलाई आफ्नो घरको झ्याल खोलेर दरबार क्षेत्र परिसर अवलोकन गर्नसमेत नसकिने अवस्था भयो,’ महानगरअन्तर्गत नगर प्रहरी प्रमुख सीताराम हाछेथूले भने, ‘मन्दिरको माथिल्लो भाग कतिपय लागुपदार्थ दुव्र्यसनीका लागि अखडा भयो । मानिसको चाप धेरै हुँदा मन्दिरका ऐतिहासिक बुट्टाहरू मेटिन थाले । त्यसैले मेयरसाब (चिरिबाबु महर्जनको)को निर्देशनमा हामीले यो कदम उठाएका हौँ ।’ 

 संयुक्त रूपमा निगरानी
स्थानीयवासी, आन्तरिक तथा बाह्य पर्यटकको गुनासो आएपछि दरबार क्षेत्रमा कडाइ गरेको महानगरले जनाएको छ । महानगरले शनिबार मन्दिर प्रवेशमा निषेधको ट्याग लगाएपछि आइतबार कोही पनि नचढेको जनाएको छ । ‘सम्पदा संरक्षण हाम्रो दायित्व हो । हामीले प्रवेश निषेध गरेको ठाउँमा कोही पनि गएनन् । त्यसैले यो कार्यमा सबैबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ । मान्छेको ग्यारेजजस्तो भएको ठाउँ अहिले सुन्दर देखिएको छ,’ नगर प्रहरी प्रमुख हाछेथूले भने ।

दरबार क्षेत्र अनुगमनका लागि महानगरले बिहान सातदेखि बेलुका आठ बजेसम्मका लागि तीनजना नगर प्रहरी खटाएको छ । बेलुका आठ बजेपछि मंगलबजार प्रहरी बिटको संयोजनमा निगरानी गर्ने भएको छ । दरबार क्षेत्रमा थप निगरानीका लागि महानगरले गत महिना मात्र १६ वटा सिसिटिभी जडान गरेको थियो । ती सिसिटिभीले मन्दिर, बाटोलगायत क्षेत्रको निगरानी गर्ने नगर प्रहरी प्रमुख हाछेथूको भनाइ छ । महानगरले दरबार क्षेत्रमा बस्नसमेत निषेध गरेको भन्दै सामाजिक सञ्जालहरूमा भने विरोध भइरहेको छ ।

 सीताराम हाछेथू
नगर प्रहरी प्रमुख, ललितपुर महानगर

पर्यटकले मन्दिरको फोटो खिच्दा मन्दिरको भन्दा युवायुवतीको फोटो आउन थाल्यो । अनैतिक क्रियाकलापका कारण स्थानीयलाई घरको झ्याल खोलेर दरबार क्षेत्रपरिसर अवलोकन गर्नसमेत नसकिने अवस्था भयो । कतिपय मन्दिर त लागुपदार्थ दुव्र्यसनीको अखडा बनेको गुनासोसमेत आयो । साथै, मानिसको चाप धेरै हुँदा मन्दिरका ऐतिहासिक बुट्टाहरू मेटिन थाले । त्यसैले मेयरसाब (चिरिबाबु महर्जनको)को निर्देशनमा हामीले यो कदम उठाएका हौँ । 

ad
ad