१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o९:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

घाइते खेलाडीको सम्पूर्ण उपचार खर्च एन्फाले बेहोर्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:४o:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलका क्रममा घाइते भएका राष्ट्रिय टोलीका खेलाडीको उपचार गर्दाको बिलअनुसार सम्पूर्ण खर्च बेहोर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलका क्रममा घाइते भएका राष्ट्रिय टोलीका खेलाडीको सम्पूर्ण उपचार खर्च बेहोर्ने भएको छ । शुक्रबार राति ११ बजे सकिएको कार्यसमिति बैठकले यो निर्णय गरेको हो । ‘राष्ट्रिय फुटबल टोलीमा खेलका दौरान घाइते भएका खेलाडीको उपचार गर्दाको बिलअनुसारको सम्पूर्ण खर्च संघले भुक्तानी गर्ने निर्णय गरियो,’ निर्णय नम्बर ९ मा भनिएको छ । विवादका बीच सम्पन्न कार्यसमिति बैठकले १९ वटा निर्णय गरेको छ । 

यसअघि, महासचिव किरण राईले बिहान ११ बजे बैठक बोलाउँदै कार्यसमिति सदस्यलाई पत्र पठाएका थिए । तर, बैठक २ बजेपछि मात्रै बसेको थियो । नौ घन्टा बैठक बस्दा आधाजसो समय विवादमै केन्द्रित रह्यो । अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि एक घन्टाभन्दा बढी बैठकमा उपस्थित भएनन् । राति ९ बजे अध्यक्ष नेम्वाङ अस्वस्थ भएको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई बैठक सञ्चालन गर्न अनुमति दिएका थिए । करिब डेढ घन्टापछि उनी बैठक कक्षमा उपस्थित भएका हुन् । उपाध्यक्षद्वय विराटजंग शाही र दावा लामा तथा सदस्यद्वय विकासनारायण श्रेष्ठ र टीका लामा फिफा महिला विश्वकप हेर्न अस्ट्रेलिया पुग्दा बैठकमा उपस्थित भएनन् ।

किर्ते हस्ताक्षर गर्नेलाई कारबाही गर्न माग
शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको बैठकमा १९ फागुनकै चर्चा बढी भयो । अध्यक्ष नेम्वाङले तानाशाही ढंगले बैठक अगाडि बढाएको बन्दै असन्तुष्ट १२ सदस्यले तत्काल बैठक नै बहिष्कार गरेका थिए । उनीहरूले एन्फा परिसरमै पत्रकार सम्मेलन गरेका थिए । यता, अध्यक्ष नेम्वाङले संस्थापन पक्षको बहुमत रहेको भन्दै बैठक पूर्ण गरे । असन्तुष्ट भई पत्रकार सम्मेलनमा उपस्थित भएका १२ मध्येका एक भरतबहादुर बुढथापाले माइन्युटमा हस्ताक्षर गरेको पछि मात्रै थाहा भयो ।

यही विषयले शुक्रबारको बैठक माहोल तताएको हो । असन्तुष्ट देखिँदै आएका अन्य सदस्यले किर्ते हस्ताक्षर गरेका जुम्लाका बुढथापालाई कारबाही गर्न माग गरेका हुन् । जसका कारण करिब एक घन्टा बैठक विवादमय भयो । ‘फागुन १९ मा सदस्य थापाले बैठकबाहिर माइन्युटमा हस्ताक्षर गरेपछि कारबाहीको माग गरेका हौँ,’ नाम नखुलाउने सर्तमा कारबाही माग गरेका एक सदस्यले नयाँ पत्रिकालाई घटना सुनाए । ‘उहाँले एन्फाकै बेइज्जत गर्दै आर्थिक प्रलोभनमा परी हस्ताक्षर गर्नुभएको छ । जब कि उहाँ बैठक बहिष्कार गर्दै पत्रकार सम्मेलनमा उपस्थित हुनुभएको थियो,’ ती सदस्यले भने । यद्यपि, बैठकमा निकै विवाद भएपछि कारबाही प्रक्रिया अगाडि बढेन । 

विशेष साधारणसभा भदौमा
एन्फाले विशेष साधारणसभा २४ भदौमा गर्ने भएको छ । यस्तै, नियमित साधारणसभा २९ असोजमा बस्ने भएको छ । पछिल्लोपटक ६ असारमा एन्फाको साधारणसभा भएको थियो । यसैगरी, एन्फाले विधान संशोधनका लागि उपाध्यक्ष दीर्घबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिमा केसीसहित उपाध्यक्ष दीपक खतिवडा, अनिल मल्ल, पुरुषोत्तम थापा र वसन्त अर्याल छन् । बैठकले ४ देखि १३ असोजसम्म साफ यू–१९ च्याम्पियनसिप आयोजना दशरथ रंगशालामा गर्ने र संयोजकमा वरिष्ठ उपाध्यक्ष खड्कालाई जिम्मेवारी दिने निर्णय ग¥यो । बैठकले महिला र पुरुष खेलाडीको समान पुरस्कार सम्बन्धमा सचिवालयले अध्ययन गरी निर्णय गर्ने, थ्री नेसन्स कप विजेता टोलीलाई पाँच हजार डलर दामासाही रूपमा वितरण गर्ने, महिला फ्रेन्चाइज लिग, फुटसल लिग आयोजना गर्न विभिन्न संघसंस्थालाई जिम्मेवारी सुम्पिएको छ । यसैगरी, तीन स्थानमा महिला एकेडेमी सञ्चालन गर्न अर्काे कार्यसमितिमा बजेट र कार्यक्रम पेस गर्ने निर्णय गरेको छ । 

ad
ad