१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १८ बिहीबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १८ बिहीबार ११:४१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एलिका ब्रान्डको ब्रान्ड सप नेपालमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १८ बिहीबार ११:४१:oo

चौधरी ग्रुपअन्तर्गत एलिका ब्रान्डको पहिलो ब्रान्ड सप काठमाडौंको टेकुमा खुलेको छ । एलिका पिबी ह्वर्पुल किचेन अप्लायन्सेस प्रालिका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध निर्देशक प्रह्लाद भुताड तथा सिजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससी साबुले सोरुम उद्घाटन गरेका हुन् । 

ब्रान्ड सपमा एलिका ब्रान्डका चिम्नी, बिल्ट–इनओभन, माइक्रोवेभ ओभन, डिसवासर, कुकिङ रेन्ज, हब्स र कुक टप्सलगायत घरायसी विद्युतीय सामग्री पाइने कम्पनीले जनाएको छ । काठमाडौंको स्थानीय बजारमा आफ्ना सामानको प्रदर्शन, बिक्री–वितरण तथा अन्तर्राष्ट्रियस्तरको ग्राहक सेवा, उपयोग तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्यसहित सोरुम सञ्चालन गरिएको बताइएको छ । उक्त सोरुम हप्ताको सातै दिन खुल्ने कम्पनीको भनाइ छ । 

सोरुम ओपनिङको अवसरमा शून्य प्रतिशतमा सरल किस्ताबन्दी, निःशुल्क जडानका साथै प्रडक्ट लाइभ डेमो र प्रिभेन्टाइभ मेन्टेनेन्स सर्भिसको पनि सुविधा रहेको बताइएको छ । ग्राहकले आवश्यक्ताअनुसार निःशुल्क साइट भिजिट पनि गर्न सक्नेछन् ।