मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १७ बुधबार
  • Wednesday, 18 December, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १७ बुधबार २१:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पक्राउ परेकी खेतान जग्गा फिर्ताको निवेदनपछि रिहा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १७ बुधबार २१:२४:oo

ललितानिवास जग्गा हिनामिनाको अपराधमा पक्राउ परेका दुई आरोपित बुधबार छुटेका छन्। नेपाल समरजंग कम्पनीका पूर्वप्रमुख रमेशकुमार पोखरेल तथा जग्गाधनी सिपिका खेतान हाजिरी जमानीमा छुटेका हुन्। 

पोखरेल कमजोर स्वास्थ्य अवस्थाका कारण छुटेका हुन् भने खेतानले जग्गा फिर्ताको लागि मालपोत कार्यालयमा निवेदन दिएकी छिन्। जग्गा किर्तेमा खेतानको संलग्नता नभए पनि जग्गाधनीका हैसियतमा प्रहरीले पक्राउ गरेको छ।

खरिद गरेको जग्गा फिर्ता गर्ने निवेदन दिएपछि उनलाई जमानीमा छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी दिनेश आचार्यले बताए। ‘उनले पछि जग्गा किनेको देखिन्छ, प्रत्यक्ष रूपमा किर्तेमा संलग्नता नभएकाले जग्गा फिर्ता गरेपछि रिहा गरेका हौँ,’ उनले भने, ‘तर, प्रत्यक्ष रूपमा संलग्नहरूको हकमा भने यो सुविधा प्राप्त हुँदैन।’ 

उनले डिल्लीबजार मालपोतमा आफ्नो करिब आठ आना जग्गा फिर्ताका लागि निवेदन दिएकी छिन्। त्यसउपर अन्तिम निर्णय भने भइसकेको छैन। प्रत्यक्ष रूपमा अपराधमा संलग्न नभएका र पछि खरिद गर्नेको हकमा जग्गा फिर्ता गरेमा अभियोग दायर नगर्ने प्रहरीको तयारी छ। 

समंरजंग कम्पनीका पूर्वप्रमुख पोखरेल बिरामी भएर अस्पतालमा थिए। स्वास्थ्यकै कारण उनलाई जमानीमा छाडिएको एसएसपी आचार्यले बताए। उनलाई जिल्ला अदालतले पनि थुनामा नराखी अनुसन्धान गर्न भनेको थियो।