१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १७ बुधबार
  • Friday, 27 September, 2024
सौरभ यादव राजविराज
२o८o श्रावण १७ बुधबार १६:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डाक्नेश्वरीको औषधि खरिद अनियमितताबारे अख्तियारले थाल्यो छानबिन

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o श्रावण १७ बुधबार १६:२४:oo

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको औषधि खरिदमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। ७ साउनमा नयाँ पत्रिकामा यससम्बन्धी समाचार प्रकाशन भएपछि अख्तियारको इटहरी कार्यालयले छानबिन सुरु गरेको हो।

‘नयाँ पत्रिकाको ७ साउनको समाचारका आधारमा छानबिन सुरु भएको छ,’ कार्यालयका एक कर्मचारीले भने, ‘कागजात उपलब्ध गराइदिन नगरपालिकालाई पत्र पठाएका छौँ।’ आयोगको कार्यालय इटहरीले नगरपालिकालाई पत्र लेख्दै औषधि खरिदसँग सम्बन्धित सम्पूर्ण कागजात मगाएको छ।

महालेखाको प्रतिवेदनले उक्त नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा औषधि खरिद गर्दा प्रक्रिया नपुर्‍याएको औँल्याएको छ। नगरपालिकाले ८८ लाख एक हजार दुई सय ३३ रुपैयाँबराबरको औषधि खरिद गर्दा सार्वजनिक खरिद नियमावली पालना नगरेको महालेखाले जनाएको छ।