१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १७ बुधबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण १७ बुधबार १o:१२:oo
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण १७ बुधबार १o:१२:oo

नियमित व्यायामले शरीरलाई आकर्षक देखाउनेमात्रै नभएर हाम्रो जीवनशैलीलाई सुधार्ने काम पनि गर्छ । तर, जिम सेन्टर जानुअघि हामी आफ्नो शरीरबारे जानकार हुन आवश्यक छ । दुब्ला र मोटा व्यक्तिले जिम जानुअघि फिट्नेस कोचसँग कति तौल बढाउने र कस्तो शारीरिक अभ्यास गर्ने भनेर सल्लाह लिनुपर्छ ।

जिममा थोरै मिहिनेत गरेर पनि आफ्नो शरीर आकर्षक बनाउन सकिन्छ । हाम्रोमा दुब्लो मान्छेले जिम जानुहुँदैन भन्ने पनि छ । तर, दुब्लो मान्छेको पनि आकर्षक शरीर बन्छ । मानिस मोटा र शरीरमा बोसोको मात्रा बढी भएका हुन्छन् । उनीहरूले तौल पहिला नै बढी हुने भएकाले तौल बढाउनुपर्दैन । मोटो मानिसले आकर्षक शरीर बनाउन दुब्लोको दाँजोमा धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । 

कतिपयमा ब्याकपेन वा अन्य समस्या हुन सक्छ । तसर्थ, ‘हेल्थ चेकअप’ गरेर मात्र जिम सेन्टर जाँदा राम्रो हुन्छ । कस्ता मानिसले जिम गर्न मिल्छ वा मिल्दैन भन्ने कुरा डाक्टरलाई मात्रै थाहा हुन्छ । कुनै अप्रेसन गरेको छ भने पनि डाक्टरलाई सोधेर मात्र जिम सेन्टर जानुपर्छ । 

यस्तो खानपान आवश्यक 
जिम गर्नुअघि प्रि–वर्कआउट गर्नुपर्छ । त्यसभित्र खानेकुरा पनि समावेश गरिएको हुन्छ । वर्कआउटअघि केही न केही खानुपर्छ । कार्बाेहाइड्रेटयुक्त खानेकुरा खानुपर्छ । एक्सरसाइजमा ध्यान केन्द्रित गर्न ब्ल्याक कफी खाँदा हुन्छ । त्यस्ता खाना शरीरमा गएर ग्लुकोजको रूपमा कन्भर्ट हुन्छ । हाम्रो बोनमा ग्लुकोजको मात्रा बढेपछि मात्रै फलाम उचाल्न सकिन्छ । 

कफीले कतिपय मान्छेलाई निद्रा नलाग्ने पनि हुन्छ । त्यस्ता मान्छेले अलि कम खाँदा राम्रो हुन्छ । चिनी नहाली नर्मल कफी खानुपर्छ । ब्राउन ब्रेड, ओट्स खाएर जिम गयो भने राम्ररी एक्सरसाइज गर्न सकिन्छ । आफ्नो शरीरको अवस्था, उमेर, उचाइबारे पर्याप्त जानकारी लिन आवश्यक छ । दक्ष फिटनेस कोचको सल्लाहविना जति नै धेरै तौल उचाले पनि शरीर राम्रो बन्न सक्दैन ।

दैनिक आठ घन्टा सुत्नुस् 
जिम सेन्टर गएपछि आफ्नो जीवनशैलीलाई पनि ध्यान दिन आवश्यक पर्छ । तपाईंले कम्तीमा आठ घन्टा सुत्नैपर्छ । ज्यानलाई आराम चाहिन्छ, ज्यानलाई आराम भएन भने शरीरको विकास हुन पाउँदैन । 

सुगरका रोगी पनि जिम सेन्टर गयो भने ‘मेन्टेन’ हुन्छ । प्रेसर हाई भएका व्यक्ति पनि जिम सेन्टर जाँदा राम्रो हुन्छ । जिम सेन्टर गएपछि तौल उचाल्नैपर्छ भन्ने हुँदैन । एक्सरसाइजका किसिम हुन्छन्, त्यहीअनुसार गर्दा राम्रो हुन्छ । 

शारीरिक व्यायामले मानसिक तथा आत्मविश्वास विकास गरेको हुन्छ । व्यायाम शारीरिक सुगठनका लागि मात्र गरिँदैन भन्ने बुझ्न आवश्यक छ । शरीर र मनलाई स्फुर्त राख्न जिम सेन्टर जाने हो । हरेक दिन शारीरिक व्यायामका लागि थोरै समय दिँदा मात्र पनि शरीर, मन र दिमाग स्वस्थ बनाउन धेरै सहयोग पुग्छ ।