१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण १६ मंगलबार २३:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लम्पी स्किन महामारी नियन्त्रण गर्न रास्वपाको जरुरी प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण १६ मंगलबार २३:२३:००

राष्ट्रिय स्वतन्त्र पार्टीले पशुचौपायामा देखिएको लम्पी स्किन महामारी नियन्त्रणका लागि राज्यलाई जिम्मेवार बनाउन प्रतिनिधिसभामा जरुरी सार्वजनिक महŒवको प्रस्ताव दर्ता गराएको छ । 

लम्पी स्किन महामारीको नियन्त्रणमा सरकार र मातहतका संयन्त्र गैरजिम्मेवार देखिएको भन्दै रास्वपाले जवाफदेही र जिम्मेवार बनाएर रोगविरुद्धको खोपको सुनिश्चितता तथा पीडित किसानलाई क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव गरेको छ । 

खोपको व्यवस्था नहुँदा लाखौँको संख्यामा किसानले पालेका पशुचौपायाहरू जीवन–मरणको दोसाँधमा पुगेको भन्दै एक महिनाभित्र खोपको सुनिश्चितता गर्न र सबै गाईबस्तुको बिमा अनिवार्य गर्न माग गरिएको छ । 

रास्वपा सभापति रवि लामिछानेले ल्याएको प्रस्तावमा पशुचौपायामा लागेको यो रोगलाई समयमै नरोके किसान र राज्यको आर्थिक अवस्थामा अत्यन्तै नकारात्मक प्रभाव पर्ने र मुलुकको अर्थतन्त्रमा नै समस्या निम्त्याउने भएकाले उपचार छिटो गर्न अत्यावश्यक रहेको औँल्याइएको छ ।