१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० श्रावण १६ मंगलबार ११:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई लाइफले धरानमा गर्‍यो वृक्षरोपण

Read Time : < 1 मिनेट
२०८० श्रावण १६ मंगलबार ११:५९:००

आइएमई लाइफ इन्स्योरेन्सको कोसी प्रदेश कार्यालयले धरान उपमहानगरपालिकामा वृक्षरोपण गरेको छ । कम्पनीको छैटौँ वार्षिकोत्सवको अवसरमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको वृक्षरोपण अभियानमा एक हजार बिरुवा प्रदान गरेर वृक्षरोपणमा पनि सहभागिता जनाएको हो । 

आइएमई लाइफको कोसी प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयले मेयर साम्पाङको वृक्षरोपण अभियानमा सहयोग पुगोस् भन्ने उद्देश्यले बिरुवा प्रदान गरेको जनाइएको छ । 

अभियानमा दुई सयभन्दा बढी कर्मचारीले श्रमदान गरेको कम्पनीले जनाएको छ । अभियानमा कम्पनीका प्रदेश प्रमुखको पनि सहभागिता रहेको उल्लेख छ । आगामी दिनमा पनि यस प्रकारका क्रियाकलापहरूमा सहभागिता जनाउने कम्पनीले प्रतिबद्धता जनाएको छ ।