१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ६ शनिबार
  • Friday, 05 July, 2024
सिड्नी
२o८o श्रावण ६ शनिबार o८:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पूर्वअध्यक्षमाथि यौन दुर्व्यवहारको आरोप

Read Time : > 1 मिनेट
सिड्नी
नयाँ पत्रिका
२o८o श्रावण ६ शनिबार o८:२१:oo

फिफाबाट आजीवन प्रतिबन्धमा रहेका हैटीका  फुटबलका पूर्वअध्यक्ष युभेसले फिफा महिला विश्वकप दौरान नै ‘सेक्स म्यासेज’ पठाएको खेलाडीको दाबी

न्युजिल्यान्ड र अस्ट्रेलियाको संयुक्त रूपमा फिफा महिला विश्वकप फुटबल प्रतियोगिता चलिरहेको छ । प्रतियोगिताको शुक्रबार स्पेनले कोस्टारिकालाई ३–० ले हरायो । स्विट्जरल्यान्डले फिलिपिन्समाथि २–० को जित निकाल्यो । नाइजेरियाले क्यानडालाई बराबरीमा रोक्यो । विश्वकपमा दोस्रो दिन अपेक्षित नजिता आउँदा अन्तर्राष्ट्रिय समाचार संस्थाले सहभागी टोलीमध्ये हैटीको टोलीमा देखिएको यौन विवादलाई प्रमुख मुद्दा बनाएको छ ।

पहिलोपटक विश्वकपमा स्थान बनाएको हैटीका खेलाडीले आफ्नै फुटबल संघका पूर्वअध्यक्ष युभेस जिएन बार्टले मोबाइलमा ‘आपत्तिजनक’ सन्देश पठाइरहेको खुलासा गरेका छन् । सन् २०२० मा महिला खेलाडीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनी आजीवन प्रतिबन्धमा परेका थिए । प्रतिबन्धमा रहँदा पनि उनले व्यक्तिगत रूपमै महिला खेलाडीलाई ‘सेक्स म्यासेज’ पठाइरहेका छन् । खेलाडीहरूले सम्बन्धित निकायमा जानकारी दिएका छन् । हैटीकी गोलरक्षक केयल थेउसले पूर्वअध्यक्षबाट घृणित शब्द प्रयोग गरी म्यासेज पठाउँदा आफूहरू मानसिक रूपमा कमजोर बनेको बताएकी छिन् । 

‘हैटी हिलोपटक विश्वकपमा पुगेको छ, तर हाम्रा पूर्वअध्यक्षले हामीलाई अनावश्यक रूपमा मानसिक तनाव दिइरहेका छन्,’ केयलले भनिन्, ‘यस किसिमको व्यवहारले प्रशिक्षणमा समेत असर परेको छ ।’ हैटीका विश्वकपमा सहभागी महिला खेलाडीले नर्कमा जीवन बिताइरहेको जस्तो भएको जनाएका छन् । ‘प्रशिक्षणमा रहँदा वा होटेलमै रहँदा पनि हामीमाथि म्यासेजका माध्यमबाट यौन दुर्व्यवहार भइरहेको छ, यस्तो क्षणलाई हामीले नर्कमा बसिरहेको जस्तो लिएका छौँ,’ केयलले भनिन् । सन् २०२० मा पूर्वअध्यक्षले महिला खेलाडीको नराम्रो व्यवहारविरुद्ध ३४ वटा मुद्दा सामना गरेका थिए । त्यसमध्ये प्रशिक्षणका क्रममै उनीविरुद्ध महिला खेलाडीलाई यौन दुर्व्यवहार गरेको आरोप थियो । तत्कालै १४ जना खेलाडीले प्रहरीमा उजुरी दिएका थिए । 

स्पेनको कीर्तिमानी जित
स्पेनले कोस्टारिकामाथि कीर्तिमानी जित निकाल्यो । विश्वकपमा स्पेनले पहिलोपटक कोस्टारिकालाई तीन गोलअन्तरले हराएको हो । स्पेनले २१औँ, २३औँ र २७औँ मिनेटमा कोस्टारिकाको पोस्टमा गोल गरेको थियो । यसैगरी, विश्वकपमा पहिलोपटक सहभागिता जनाएको एसियाली राष्ट्र फिलिपिन्सले स्विट्जरल्यान्डसँग हारको सामना गरेको छ । स्विट्जरल्यान्डको जितमा रामोना बाचमान र सेरेनाले एक–एक गोल गरे । अर्को खेलमा कप्तान तथा गोलरक्षक नाडोजियाले ५०औँ मिनेटमा एक पेनाल्टी रोक्दा नाइजेरियाले क्यानडालाई रोक्यो । नाइजेरिया विश्वकपको २७ खेलपछि गोलविहीन भएको हो । 

ad
ad
ad
ad