मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ५ शुक्रबार
  • Tuesday, 17 December, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ५ शुक्रबार १८:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

०४६ यताको पुस्तामा सत्ता–राजनीति हाबी भयो, मूल्य-मान्यता हरायो : श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ५ शुक्रबार १८:३२:oo

कांग्रेस नेता प्रकाशमान सिंहले ०४६ पछिको पुस्तामा सत्ता–राजनीतिक हाबी भएको जिकिर गरेका छन् । जसरी पनि सत्तामा पुग्नुपर्छ भन्ने मान्यता हाबी हुँदा मूल्य–मान्यताको राजनीति कमजोर बनेको उनको भनाइ छ । 

‘०४६ अगाडि र पछाडिको पुस्तामा फरक देखिन्छ । ०४६ यताको पुस्तामा जसरी पनि सत्तामा पुग्नुपर्छ भन्ने मान्यता हाबी छ । त्यसैले मूल्य–मान्यताको राजनीति कमजोर बन्दै गएको हो,’ राजधानीमा जारी कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा श्रेष्ठले भने । 

विधानअनुसार अघि नबढ्दा पार्टीभित्र समस्या देखिएको भन्दै उनले विधानको पालना गर्दै पार्टीलाई अगाडि बढाए मात्र आगामी दिनमा आउने चुनौती सामना गर्न सकिने बताए । 

‘मैले १०औँ महाधिवेशनदेखि नै पार्टी विधान, नियमअनुसार चल्नुपर्छ भन्दै आएको छु । कार्यकर्तालाई चित्त बुझ्ने ठाउँमा पुर्‍याउने हो भने, जनता र कार्यकर्तालाई चित्त बुझ्ने अवस्थामा पुर्‍याउने हो भने यसको विकल्प छैन,’ उनले भने, ‘विधानअनुसार पार्टी नचलाए गुनासो रहिरहन्छ ।’

पार्टीमा समस्या भयो भनेर मात्र नहुने बताएका श्रेष्ठले अब विधानले निर्देशित गरेका सबै काम गरेर अघि बढे समस्या समाधान हुने दाबी गरे । कांग्रेसको केन्द्रीय बैठकले जनतालाई के सन्देश दिने हो भन्नेबारे पनि बैठकले बोल्नुपर्ने उनको भनाइ थियो । 

सिंहले स्थानीय तह, प्रदेश र संघमा पार्टीबाट निर्वाचित भएकाहरूबाट संगठनमा के योगदान रह्यो भन्ने प्रश्न पनि गरे । चुनावमा जाँदा बनाएको घोषणापत्रअनुसार काम नभएकोतर्फ ध्यानाकर्षण गराउँदै उनले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधि र पार्टी संरचनाबीचको समन्वयमा जोड दिए ।