१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ४ बिहीबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण ४ बिहीबार ११:१२:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण ४ बिहीबार ११:१२:oo

- वातावरण प्रदूषण, शारीरिक दुखाइ, अत्यधिक थकान, मनमुटावलगायत विभिन्न परिस्थितिजन्य कारणले मुड अफ हुन सक्छ । यस्तो वेलामा मानिसहरू तनावमा रहनु स्वाभाविक हो । हामीले केही उपाय लगाएर आफूलाई फ्रेस बनाउने कोसिस गर्न सक्छौँ । 

- रमाइलो गीत–संगीत सुन्ने, नाच्ने, गाउने, खुला हावा, फूलबारी वा बगैँचामा घुम्ने गर्नुपर्छ । आफूलाई मन पर्ने रमाइलो कार्यमा संलग्न हुने, कमेडी फिल्म हेर्ने, जोक्स पढ्ने, सुन्ने, घुम्न जाने, मिल्ने साथीभाइसँग भेटघाट गर्ने गर्नुपर्छ । कफी, चकलेटको सेवनले पनि मुडलाई राम्रो बनाउँछ ।

- तनावले पनि हाम्रो मुड अफ हुने हुँदा तनाव कम गर्ने क्रियाकलापमा संलग्न हुने, आराम गर्ने, रिफ्रेस हुने गर्नुपर्छ । पानी प्रशस्त पिउँदा मन शान्त रहन सहयोग मिल्छ । मुड अफ हुँदा आनन्ददायी अभ्यास गर्नुपर्छ, श्वासप्रश्वासको अभ्यास गर्ने, लामो गहिरो श्वास लिने र छोड्ने गर्नुपर्छ । ध्यान वा माइन्ड फुलनेसको अभ्यासले पनि मुड फ्रेस हुन्छ । 

- मन परेका पुस्तक पढ्ने वा सिनेमा हेर्ने, चित्रकला नियाल्नेलगायत सिर्जनात्मक काममा ध्यान दिन सकिन्छ ।