१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १ सोमबार
  • Friday, 05 July, 2024
२o८o श्रावण १ सोमबार ११:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

चाँगुनारायणका हरेक घरमा एभोकाडो रोपिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १ सोमबार ११:oo:oo

भक्तपुरको चाँगुनारायणमा ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान सुरु भएको छ । यसका प्रत्येक घरपरिवारलाई एभोकाडो फलको बिरुवा लगाउन प्रेरित गर्ने र प्रतिघर दुईवटा बिरुवासमेत निःशुल्क प्रदान गर्ने लक्ष्यसहित अभियान सुरु भएको हो । अभियानका संयोजक नरेश खड्काले भने, ‘यस अभियानलाई तीन वर्षसम्म सञ्चालन गरी चाँगुनारायण सिटीलाई एभोकाडो सिटीको पहिचान दिने हाम्रो प्रयास रहनेछ ।’ 

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल यस अभियानका परिकल्पनाकार रहेको जनाइएको छ । अर्थशास्त्रका ज्ञातासमेत रहेका ढकालले चाँगुनारायणका स्थानीयको आय–आर्जन बढाउन यस्तो योजना अघि सारेपछि यसलाई अभियानकै रूपमा सञ्चालन गर्न लागिएको संयोजक खड्काले वताए । अर्र्थ–राजनीतिका पुस्तकसमेत लेखेका नेता ढकाल अभियानको मुख्य संरक्षक र उत्प्रेरक रहेको जनाइएको छ ।

अभियानका मुख्य संरक्षक ढकालले आफू चाँगुनारायणवासी पनि भएको भन्दै अभियान जनस्तरमा सबै स्थानीयको सहभागिता र पहुँचमा सञ्चालन हुने विश्वास व्यक्त गरे । प्रकृति र पुर्खाको इतिहासले आफ्नो पहिचान बनाएको चाँगुनारायणलाई आफ्नो पुस्ताले एभोकाडो सिटी बनाएर नयाँ पहिचान जोड्न खोजेको उनको भनाइ थियो । यस अभियानले चाँगुनारायणका प्रत्येक घरपरिवारमा कम्तीमा वार्षिक ५० हजार अतिरिक्त आय थपिने दाबी गर्दै उनले चाँगुनारायणको सौन्दर्यकरण र वातावरण संरक्षणमा समेत यसले मद्दत पु¥याउने बताए ।

कार्यक्रममा चाँगुनारायण क्षेत्रबाट निर्वाचित बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले आफूले सोच्दै आएको कुरा कार्यान्वयन गरी ढकालले अभियानकै रूपमा सञ्चालन गरेको बताउँदै अभियानमा आफ्नो पूर्ण साथ र सहयोग रहने बताए । प्रदेश सभा सदस्य भुवनकेशरी श्रेष्ठ ‘भावना’ले आर्थिक, सामाजिक सांस्कृतिक रूपान्तरणका लागि जनताले चलाउने अभियानले देश विकासमा टेवा पुग्ने विचार व्यक्त गरिन् ।
 

ad
ad
ad
ad