१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असार २९ शुक्रबार ११:२९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई लाइफ इन्स्योरेन्सको सेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असार २९ शुक्रबार ११:२९:००

आइएमई लाइफ इन्स्योरेन्सले कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्न ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा बिमा कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवि फुँयाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् ।

कम्पनीले मिति २० असार ०७४ मा नेपाल बिमा प्राधिकरण (तत्कालीन बिमा समिति)बाट जीवन बिमाको कार्य गर्ने इजाजतपत्र गरी मिति १ साउनदेखि बिमा व्यवसाय गर्दै आएको छ । हाल कम्पनीको अधिकृत पुँजी ५०० करोड तथा जारी तथा चुक्ता पुँजी ४०० करोड रुपैयाँ रहेको छ ।  

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले दुई अर्ब ९८ करोड ५८ लाख कुल बिमा शुल्क कमाएको छ । साथै, सोही अवधिसम्ममा कम्पनीको जगेडा कोषमा एक अर्ब १० करोड पाँच लाख सञ्चिति रहेको छ भने जीवन बिमा कोषमा ६ अर्ब सात करोड ७३ लाख रहेको छ । तेस्रो त्रयमाससम्म कम्पनीको खुद नाफा १८ करोड २४ लाख रहेको छ भने यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी आठ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ एक सय ४३ रुपैयाँ ६७ पैसा रहेको छ ।