मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २९ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार २९ शुक्रबार o७:o४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चारै टोलीको फाइनल पुग्ने सम्भावना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २९ शुक्रबार o७:o४:oo

सातौँ प्रधानमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ चारै टोलीले फाइनलको आशा जीवितै राखेका छन् । अब लिग चरणको अन्तिम खेलबाटै फाइनल पुग्न दुई टोलीको छिनोफनो हुनेछ । राष्ट्रिय खेलकुद कभर्डहलमा बिहीबार हेल्प नेपालसँगै नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफले अन्तिम दुई स्थानको आशा कायम राखेका हुन् ।

पुरुषतर्फ ६ खेलबाट हेल्प नेपाल १३ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको पुलिसले १२ अंक जोडेको छ । आर्मी र एपिएफले समान ११ अंक बटुलेका छन् । लिग चरणको अन्तिम खेलमा एपिएफ र पुलिसबीच खेल हुनेछ । हेल्प नेपालले आर्मीको सामना गर्नेछ । पुरुषतर्फ गण्डकी प्रदेशसँगै शैलुङ बाघढुंगा र दावाली मिलन क्लब बाहिरिइसकेका छन् । 

हेल्प नेपाल अपराजित 
तीन पाकिस्तानी र भारतीय सेनामा आबद्ध खेलाडीलाई समावेश गरेको हेल्प नेपाल पाँचौँ खेलसम्म अपराजित छ । हेल्प नेपालले बिहीबार एपिएफलाई ३–२ को सेटमा हरायो । रोमाञ्चक खेलमा हेल्प नेपालले दुई अंक र एपिएफले एक अंक जोड्यो । हेल्प नेपालले पहिलो सेट २७–२५ र दोस्रो सेट २५–१७ ले जितेको थियो ।

एपिएफले पुनरागन गर्दै तेस्रो सेट २५–२१ र चौथो सेट २५–२३ ले जित्दै २–२ को बराबरी गर्‍यो । निर्णायक पाँचौँ सेटमा पाँच अंकले पछि रहेको हेल्प नेपाल उत्कृष्ट पुनरागमन गर्दै १६–१४ को जित निकाल्न सफल भयो । हेल्प नेपालले पाँच खेलमा १५ सेटमा केवल चार सेट गुमाएको छ । एपिएफले १३ सेट जित्दा ६ सेटमा हारको सामना गरेको छ । पुलिसले आर्मीको चौथो खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । राष्ट्रिय टोलीको बाहुल्यता रहेको आर्मीलाई पुलिसले ३–० को सोझो सेटमा पराजित गर्दै तीन अंक जोडेर उपाधि दौडमा फर्किएको हो । 

एपिएफ अन्तिम दुई नजिक
महिलातर्फ नेपाल पुलिस फाइनल पुगिसकेको छ । न्यु डायमन्डलाई सोझो सेटमा हराएपछि एपिएफ फाइनलनजिक पुगेको छ । एपिएफले न्यु डायमन्डलाई २५–१९, २५–१८ र २५–१२ ले पराजित गर्‍यो । अब पुलिस र न्यु डायमन्डबीच प्रतिस्पर्धा हुँदै छ । न्यु डायमन्ड फाइनल पुग्न पुलिसलाई सोझो सेटमा हराउनुपर्छ । यो नतिजा आउँदा एपिएफ बाहिरिनेछ । पुलिसले चार खेलबाट १२ अंक र एपिएफको ५ खेलबाट ११ अंक छ । न्यु डायमन्डको ४ खेलबाट ८ अंक छ । आर्मी, गण्डकी प्रदेश र एभेरस्ट भलिबल क्लब प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।