१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० असार २७ बुधबार ११:४१:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असार २७ बुधबार ११:४१:००

अमेरिकास्थित इलिनोइस विश्वविद्यालयका प्राध्यापकहरूले गरेको एक अध्ययनअनुसार स्वच्छ वातावरणमा नियमित साइक्लिङ गर्ने व्यक्तिमा अरूको तुलनामा दिमागी शक्ति (बे्रन पावर) बढी हुन्छ । मस्तिष्क विकासका लागि समेत यो निकै उपयोगी छ । 

- नियमित साइकल चलाउँदा शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । साइक्लिङले रगतमा अक्सिजनको मात्रा आपूर्ति हुने भएकाले रक्तसञ्चारमा सुधार आउँछ । त्यस्तै, साइकल इन्धनविना चल्ने भएकाले प्रदूषणबाट समेत बच्न सकिन्छ । शरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि हुन्छ । 

- साइक्लिङ गर्नु सजिलो एक्सरसाइज हो । जसले जोर्नीमा लचकता ल्याउँछ । नियमित साइक्लिङ गर्दा मांसपेशी बलियो बन्छ । साथै, साइकल चलाउँदा पछिल्तिरका हड्डी सक्रिय रहने हुनाले ढाड र गर्दनको दुखाइबाट समेत राहत पाउन सकिन्छ । 

- दैनिक करिब २० मिनेट साइक्लिङ गर्दा शरीरमा हजार क्यालोरी खपत हुन्छ । त्यसैले साइक्लिङ गर्नेले बढी क्यालोरीयुक्त खाना खाँदा पनि खास केही फरक पर्दैन । मोटोपन भएका व्यक्तिका हकमा साइक्लिङ निकै राम्रो व्यायाम हो । यसबाट स्वतः तौल नियन्त्रण हुन्छ ।