१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० असोज १६ मंगलबार ११:१३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

साइक्लिङमा जानुअघि कस्तो पूर्वतयारी गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असोज १६ मंगलबार ११:१३:००

वर्षा सकिएर चाडबाडकोे माहोल बन्दै छ । यस मौसममा आकाश निकै खुलेको हुन्छ । हरियाली हेर्दै साइकल कुदाउनुको मज्जा नै बेग्लै छ । दसैँको समयमा लामो बिदा पनि हुने भएकाले साइकल पारखीहरू छोटो तथा लामो दूरीको यात्रा गर्न चाहन्छन् । सबै उमेरसमूहका मानिसले यसको मज्जा लिन सक्छन् । यसले मनोरञ्जनसँगै स्वस्थ रहन सहयोग गर्छ । 

के–के बोक्ने ?

सुरक्षा उपकरण  
सुरक्षामा सचेत हुनुपर्छ । हेल्मेट अनिवार्य लगाउनुस् । कुनै दुर्घटना भइहाले पनि यसले टाउकोमा चोट लाग्नबाट जोगाउँछ । त्यस्तै, दिउँसोको समयमा गर्मीबाट जोगाउने काम पनि गर्छ । हातको सुरक्षाका लागि पन्जा लगाउनुस् । 

टुल बक्स
लामो दूरीको यात्रामा निस्कँदा साइकल मर्मत गर्ने केही उपकरणहरू पनि आफूसँगै बोक्नुपर्ने हुन्छ । टुल बक्स बोकेर हिँड्दा राम्रो हुन्छ । साइकल पंचर पनि हुन सक्छ । त्यसैले ट्युब बोक्नुपर्छ । हावा हाल्नका लागि पम्प बोकेर हिँड्नुपर्छ । यस्तो हुँदा जहाँ बिग्रेको छ, त्यहीँ बनाएर हिँड्न सकिन्छ ।

प्राथमिक उपचार
प्राथमिक उपचारका सामग्री पनि आफूसँगै बोक्नु राम्रो हुन्छ । साइकलयात्रीले आफूसँगै पानीको बोतल पनि बोक्नुपर्छ । साइक्लिङ गर्दा अत्यधिक पसिना बगेर डिहाइड्रेसन हुन सक्छ । जथाभावी पानी पिउनुको साटो आफूसँगै पानीको बोतल बोक्नु स्वस्थकर हुन्छ । त्यस्तै, इनर्जी दिने खानेकुरा काजु, बदाम, चकलेटलगायत बोक्नु राम्रो हुन्छ ।

सनब्लक क्रिम 
दिउँसोको समय साइक्लिङ गर्दा छालालाई घामको विकिरणबाट जोगाउनुपर्ने हुन्छ । त्यसैले सनब्लक बोक्न बिर्सनुहुँदैन । डिहाइड्रेसन हुन नदिन बेलाबेलामा ब्रेक लिएर पानी पिउनुपर्छ ।