मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २७ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार २७ बुधबार १o:५o:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार २७ बुधबार १o:५o:oo

- यदि तपाईंंको आँखा निकै सानो छ भने तपाईंले केही टिप्सहरू अपनाएर आफ्नो आँखालाई ठूलो र सुन्दर देखाउन सक्नुहुन्छ । राम्ररी मेकअप गरेर तपाईंले छोटो समयमै आँखालाई सुन्दर देखाउन सक्नुहुन्छ । 

- सानो आँखा हुनेले मेकअप गर्दा विशेष ध्यान दिनुपर्छ । मेकअप गर्दा सेतो कलरको आई पेन्सिल प्रयोग गर्नु राम्रो हुन्छ । यसले तपाईंको आँखालाई ठूलो देखाउँछ । 

- तपाईंले आई लाइनर निकै पातलो लगाउनुपर्छ, यस्तो गर्दा आँखा ठूलो र सुन्दर देखिन्छ । 

- यसपछि मस्कारा लगाउनुस् । यसले पनि तपाईंको आँखालाई ठूलो र सुन्दर देखाउँछ । 

- तपाईंले लाइट आइस्याडो कलर अप्लाई गर्नुपर्छ । जसकारण, आई मेकअप सफ्ट र सुन्दर हुन्छ । सानो आँखाका लागि ग्रे, ब्राउनलगायत सेडका आइस्याडो प्रयोग गर्नु राम्रो हुन्छ । 

- मानिसको ध्यान आफ्नो आँखामा नजाओस् भन्ने चाहनुहुन्छ भने ब्राइट कलरको लिपस्टिक लगाएर ओठको मेकअपलाई हाइलाइट गर्न सक्नुहुन्छ । यस्तो गर्दा सबैको ध्यान तपाईंको ओठको मेकअपमा जान्छ र आँखा हाइलाइट हुँदैन । 

- सधैँ क्वालिटीको मेकअप प्रडक्ट मात्रै प्रयोग गर्नुपर्छ ।