१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २४ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार २४ आइतबार १८:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक : अर्थमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २४ आइतबार १८:३१:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन आगामी आर्थिक वर्षका लागि खुकुलो मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताएका छन्।

आर्थिक छलफल चौतारी नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री महतले आगामी मौद्रिक नीति तय गर्दा नीतिगत दर (पोलिसी रेट)मा सम्बोधन गरी खुकुलो गरेर जाँदा अर्थतन्त्र चलायमान हुने बताएका हुन्।

‘मौद्रिक नीति खुकुलो हुनेबित्तिकै अर्थतन्त्र चलायमान भएर सहजतातर्फ जान्छ,’ उनले भने, ‘कोभिड महामारीपछि पुनरुत्थानका लागि खुकुलो बनाइएको नीति बाह्य क्षेत्रमा समस्या देखिएपछि एकाएक कडाइ गरियो। त्यसको कडाइको प्रभाव अहिले पनि देखिरहेको छ।’

वित्त नीति र मौद्रिक नीति अर्थतन्त्रका मुख्य दुई उपकरण रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको समन्वयकारी भूमिका हुनुपर्नेमा जोड दिए। नेपाल राष्ट्र बैंकले स्वायत्त रूपमा काम गरोस् र समग्र अर्थतन्त्र सुधारका लागि पहल गरोस् भन्ने चाहना रहेको उनको भनाइ थियो।

‘वित्त नीतिले एउटा र मौद्रिक नीतिले अर्को बाटो समात्यो भने हाम्रा लक्ष्य पूरा हुन सक्दैन। अर्थमन्त्री महतले भने, ‘पदको दुरुपयोग मन्त्रालय वा राष्ट्र बैंक दुवैको नेतृत्वबाट हुन सक्छ। राष्ट्र बैंक स्वायत्त भनेर संवैधानिक आयोगजस्तो बनाएर जानुपर्छ भन्ने पनि हुँदैन। अन्तर्राष्ट्रिय अभ्यास पनि हेरिनुपर्छ।’

सरकारले वित्त नीतिमा अर्थतन्त्र सुधारका महत्वपूर्ण कार्यक्रम राखेको अर्थमन्त्री महतको दाबी छ। अहिले लागत महँगो हुँदा पुँजी प्रवाह हुन नसकेको र यसले समग्र अर्थतन्त्र चलायमान हुन नसकेको उनको भनाइ थियो। रासस