१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २४ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार २४ आइतबार १३:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदमा प्रधानमन्त्रीको कुरा सुन्न एमालेको सर्त- आत्मालोचनासहित आश्वास्त पार्नुपर्छ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २४ आइतबार १३:५५:oo

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कुरा सुन्ने भएको छ। 

गत सोमबार एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बोलेको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको एमालेले संसदमा आफ्ना कुरा राख्ने र प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए। 

उनले भने, ‘एमालेले  सुरुमा आफ्नो विषय राख्ने राख्छ। त्यसपछि प्रधानमन्त्रीले स्पष्ट पार्नुहुन्छ। उहाँले आत्मालोचनासहित संसदलाई आश्वास्त पार्नुपर्छ। आश्वस्त नपारे अवरोध कायमै रहन्छ।’

सदनको अवरोध हटाउने विषयमा आज प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो। सिंहदरबारमा भएको  बैठकमा प्रधानमन्त्री  पुष्पकमल  दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सहभागी थिए। प्रधानमन्त्रीकाे आग्रहमा १ बजे बोलाइएको प्रतिनिधिसभा बैठक ३ बजेलाई सारिएको छ। 

तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय