१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २४ आइतबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार २४ आइतबार o६:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

कांग्रेस नेतृत्वलाई दबाब बढाउन रूपान्तरण संवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २४ आइतबार o६:५४:oo

कांग्रेस रूपान्तरण अभियानले केन्द्रीय समिति बैठकमा दबाब बढाउन ‘रूपान्तरण संवाद’ थालेको छ । अभियानले पहिलो चरणमा ७७ वटै जिल्लाबाट आएका सुझाव समेटेर शनिबारबाट चरणबद्ध संवाद थालेको हो ।

सोहीअनुसार अभियानले वाल्मीकि क्याम्पसमा प्राध्यापकहरूसँग छलफल गरेको छ । केन्द्रीय सदस्य मधु आचार्यले सबैसँग छलफलपछि दोस्रो चरणको कार्यक्रमबारे टुंगो लाग्ने बताए । ‘पहिलो चरणमा नेतृत्व सुधार या परिवर्तनको सुझाव आएको छ । यसलाई केन्द्रीय समिति बैठकमा पनि लैजान्छौँ । सबैसँग छलफलमा छौँ, सुझावका आधारमा दोस्रो चरणको कार्यक्रम तय हुन्छ,’ उनले भने ।

अभियानले केन्द्रीय समिति बैठकपछि थप कार्यक्रम तय गर्ने रणनीति बनाएको छ । आइतबार महिला नेतृहरूसँग, सोमबार तरुण र युवाहरूसँग र २६ असारमा विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम राखिएको छ । २७ असारमा कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । नेताहरूले अभियानबाट आएका सुझावलाई केन्द्रीय समिति बैठकमा उठाउने तयारी गरेका छन् । अभियानमा सक्रिय युवा नेता भूपेन्द्रजंग शाहीले सबैसँगको छलफलको सुझावका आधारमा दोस्रो चरणको कार्यक्रम तय हुने बताए । 

कांग्रेस महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री मात्रै प्रधानमन्त्री बन्नयोग्य बन्ने अवस्थाको अन्त्य आवश्यक भएको बताएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशकोे आवश्यकता रहेको बताएका हुन् । उनले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्न लाग्ने र बदल्न सके आफू वा आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने जिकिर गरे । 

ad
ad
ad
ad