१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २० बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार २० बुधबार o८:२७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अनलाइन सदस्यताबारे छलफल गर्दै कांग्रेस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २० बुधबार o८:२७:oo

कांग्रेसले अनलाइनमार्फत सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्ला सभापतिसँग छलफल गर्ने भएको छ । महामन्त्री गगन थापा संयोजकत्वको सदस्यता व्यवस्थापन समितिले २१ असारमा सभापतिहरूसँग छलफल गर्न लागेको हो ।

कांग्रेस सचिव प्रकाश शर्माका अनुसार बिहीबार १२ बजे सभापतिहरूलाई केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । ‘समितिले जिल्ला सभापतिहरूसँग क्रियाशील सदस्यता वितरणको विषयमा छलफल गर्न लागेको हो । अरू विषय छलफल हुनेछैन,’ उनले भने । 

गत १२ असारमा बसेको समिति बैठकले सदस्य वितरणको परम्परागत प्रणालीलाई परिवर्तन गर्दै सदस्यता वितरणको निर्णय लिएको थियो । समितिका अनुसार केन्द्रीय कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी अनलाइनबाटै फोटोसहितको सदस्यता कार्ड उपलब्ध गराउनेछ । केन्द्रले उपलब्ध गराउँदै आएको क्रियाशील सदस्यता कार्डसमेत अब जिल्ला कार्यसमितिले नै प्रिन्ट गरी उपलब्ध गराउनेछ ।

यससँगै क्रियाशील सदस्यता नवीकरणको नियमित प्रक्रियासमेत अनलाइनबाटै हुने उनले जानकारी दिए । नवीकरणका लागि जिल्लाबाटै प्रक्रिया पूरा गरी कार्ड उपलब्ध गराइनेछ । कांग्रेसले निरन्तर सदस्यता वितरणको काम हुने जनाएको छ । कांग्रेसको तथ्यांकमा १५ लाखभन्दा बढी साधारण सदस्य र आठ लाख ६५ हजारभन्दा बढी क्रियाशील सदस्य छन् ।

यो संख्या अद्यावधिक हुने क्रममा रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । कांग्रेससँग साधारण सदस्यको एकीकृत विवरण छैन भने महाधिवेशनका क्रममा विवादका कारण रोकिएको क्रियाशील सदस्यता थप हुने क्रममा छ । सदस्यताका लागि २० रुपैयाँ शुल्क लाग्नेछ ।