युगान्डाको उत्तरपूर्वी जिल्ला कोटिडोमा गाईवस्तुहरू पाल्ने हतियारधारी समूहले दुई सैनिकसहित चारजनाको हत्या गरेका छन्।
युगान्डाको सेनाका सार्वजनिक सूचना अधिकारी मोसेस अमुयाले सिन्ह्वालाई टेलिफोनमा बताएअनुसार जिई जातीय समूहका लडाकुहरूले केको लोपुयो व्यापार केन्द्रमा एकजना कमान्डर, एकजना सिपाही तथा एक स्थानीय नेता र अर्का नागरिकको हत्या गरेका हुन्।
संदिग्धहरू सिपाहीको बन्दुक लिएर भाग्न सफल भएको बताइएको छ। उत्तरपूर्वी युगान्डाको कारामोजा क्षेत्र परम्परागत रूपमा गाईवस्तु चराउने अभ्यासका लागि परिचित छ। गाईवस्तुले कारामोजोङ संस्कृति र अर्थतन्त्रमा केन्द्रीय महत्वपूर्ण भूमिका खेलेको बताइन्छ। (सिन्ह्वाकाे सहयाेगमा)