१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असार १७ आइतबार १३:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निजी बैंकलाई सरकारले तत्काल आफ्नो मातहत ल्याउनुपर्छ : प्रेम सुवाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असार १७ आइतबार १३:५०:००

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निजी बैंंकहरुलाई तत्काल आफ्नो मातहतमा ल्याउन सरकारसँग माग गरेका छन्।

आइतबार प्रतिनिधिसभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा उनले साे माग राखेका हुन्।

सांसद सुवालले निजी बैंक नाफाका लागि मात्रै खोलिएको र त्यसले मिटरव्याजपीडितको पीडालाई सम्बोधन गर्न नसक्ने भएकाले त्यस्ता बैंकहरुलाई राज्यको मातहत ल्याउनैपर्ने बताए। ‘निजी बैंक भनेको नाफाको लागि खोलिएको हुन्छ । उसले मिटरव्याज पीडितलाई दुःख भयो कि भनेर ऋण दिँदैन । त्यसकारण निजी बैंक सामाजिकीकरण गर्ने, राज्यले लिने अनि जिम्मेवारी पनि लिनु पर्दछ,’ उनले भने।

सांसद सुवालले राज्यले आम नागरिकको जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दैै त्यसो गर्न नसक्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने प्रष्ट पारे। ‘मन्त्रीहरु भनेको झण्डावाल गाडीमा सिंहदरबारभित्र वा बाहिर गर्नका लागि होइन । गर्भदेखि चिहानसम्म मान्छेको जिम्मेवारी लिने भए मन्त्री हुनु, होइन भने घर बस्नू । काम गर्न नसक्ने हो भने गर्नेलाई छोडिदिनु प¥यो,’ उनले भने।