१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

हवाई इन्धनमा पूर्वाधार विकास कर लगाउन सांसदको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:१३:oo

प्रतिनिधिसभा सदस्य प्रेम सुवालले हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउन माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक २०८० माथिको छलफलमा बोल्दै उनले सार्वजनिक यातायातमा पूर्वाधार विकास कर लगाउन नहुने बताएका हुन्। उनले भने, ‘हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाइनुपर्छ। सार्वजनिक यातायात भनेको गरिब चढ्ने हो, त्यहाँ पूर्वाधार विकास कर लगाइनुहुँदैन।’

मिलेमतोमा चिनी आयातमा कर लगाएर चामलमा नलगाइएको आरोप लगाउँदै सांसद सुवालले भने, ‘विदेशबाट ल्याइने चिनीमा कर लाग्छ। तर, चामलमा लाग्दैन। चामल भनेर चिनी भित्रिइरहेको अर्थमन्त्रीलाई कसरी थाहा भएन? मिलेमतो भनेको यही होइन र?’

उनले निजी दूरसञ्चार प्रदायकलाई राज्यको स्वामित्वमा ल्याउनुपर्ने र रु. ३०० सम्मको सिमकार्ड रिचार्जमा २ प्रतिशत शुल्क नलाग्ने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

ad
ad