Skip This
लक्ष्मी ग्रुपलाई ‘पोखरा पत्रकारिता संस्थागत सम्मान’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १३ बुधबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार १३ बुधबार ११:१३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लक्ष्मी ग्रुपलाई ‘पोखरा पत्रकारिता संस्थागत सम्मान’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार १३ बुधबार ११:१३:oo

औद्योगिक घराना लक्ष्मी ग्रुपलाई पोखरा पत्रकारिता संस्थागत सम्मानद्वारा सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ कास्कीको ४७औँ स्थापना दिवसका अवसरमा मंगलबार ग्रुपलाई पोखरा पत्रकारिता संस्थागत सम्मानद्वारा सम्मान गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आले, महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतले ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई सम्मानपत्र, दोसल्ला र मालासहित सम्मान गरेका थिए । महासंघ कास्कीका अध्यक्ष भण्डारीले संस्थाको भौतिक विकास र उन्नयनमा महत्वपूर्ण भूमिका खेलेका संस्थाहरूलाई बर्सेनि महासंघले सम्मान गर्दै आएको र सोही क्रममा यस वर्ष लक्ष्मी ग्रुपलाई सम्मान गरिएको जानकारी दिइन् । 

सम्मानपछि ग्रुपका अध्यक्ष श्रेष्ठले सत्यतथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न पत्रकारलाई अनुरोध गरेका थिए । ग्रुपलाई संस्थागत सम्मान गरेको भन्दै आयोजकलाई उनले धन्यवाद दिएका थिए । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्षसमेत रहेका श्रेष्ठले समितिको अगुवाइमा प्राकृतिक चिकित्सालय निर्माण गरी नागरिकलाई उपचारमा सहज बनाएको जानकारीसमेत दिएका थिए । 

०३० सालमा पर्यटकीय सहर पोखराबाट ६–७ हजार लगानी गरेर व्यवसाय सुरु गरेको लक्ष्मी मिठाई भण्डार हाल लक्ष्मी ग्रुपमा परिणत हँुदा कम्फेक्सनरी, डेरी, प्लास्टिक हुँदै बहुराष्ट्रिय कम्पनी हुन्डाई, बिएमडब्लुको नेपालका लागि आधिकारिक विक्रेतालगायतका कर्पोरट हाउसका रूपमा स्थापित भइसकेको छ । पाँच दशक लामो इतिहास बोकेको गु्रपले स्थापनाकालदेखि नै विभिन्न सामाजका क्षेत्रहरूमा सहयोग अनि प्रोत्साहन गर्दै अघि बढिरहेको छ । 

ग्रुपले पोखराको विन्ध्यवासिनी मन्दिरलाई एम्बुलेन्स, मन्दिरमा लिफ्ट राख्ने, नेपाल पत्रकार महासंघ कास्कीको भवनमा तालिम हल निर्माण, विभिन्न वृद्धाश्रममा सहयोग, नेपाल अपांग महासंघलाई ह्विल चेयर, काठमाडौंका विभिन्न स्थानमा अपांगमैत्री शौचालय निर्माण, पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला उपचारका लागि डायलासिस कक्ष, बाल मस्तिष्क पक्षघात केन्द्रमा रहेका बालबालिकाको पठन–पाठन र रेखदेखका लागि सहयोगलगायतका काम गर्दै आएको छ ।