मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ५ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार ५ मंगलबार १९:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्षाले जमिनमा भ्वाङ पर्दा अमिली छापका स्थानीय त्रासमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ५ मंगलबार १९:o५:oo

गए राति परेको वर्षाले धादिङको सिद्धलेक गाउँपालिका अमिली छापमा जमिनमा ठूलो भ्वाङ परेको छ। २५ फिटभन्दा गहिरो भ्वाङ परेको गाउँपालिका वडा नम्बर ७ का पूर्वअध्यक्ष लक्ष्मण खतिवडाले बताए।

स्थानीय कृष्णप्रसाद खतिवडाको घरनजिकै भ्वाङ परेको छ। वरपर १० वटा घर छन्। भ्वाङ परेपछि घरहरू जोखिममा परेका छन्। भ्वाङको भित्री अवस्था थाहा नहुँदा स्थानीय त्रासमा छन्।

‘भ्वाङमा अहिले २५ फिटको बाँस गाडिएको छ। भ्वाङ त्योभन्दा पनि गहिरो रहेछ। भ्वाङको मुख कालो छ। भ्वाङ हाँडी आकार भएको हाम्रो अनुमान छ,’ खतिवडाले भने। भ्वाङको भित्री अवस्था थाहा नहुँदा स्थानीय बासिन्दा घरमा बस्न र हिँडडुल गर्न पनि नसकेको उनले बताए।

यसअघि जति नै वर्षा भए पनि यस्तो घटना भने पहिलोपटक भएको उनले बताए।