मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ५ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार ५ मंगलबार १३:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अमेरिकन ब्याटरमाथि करण हाबी, चौथो विकेट पनि करणकै नाममा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ५ मंगलबार १३:३६:oo

आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल र अमेरिका भिड्दै छन्।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि अमेरिकन ब्याटिङ लाइनअप धर्मराएको छ।

सुरुवातमै दुई सफलता दिलाएका करनले नै तेस्रो र चौथो विकेट लिएका छन्। करनको ब्याकअफ लेन्थ बलमा पन्च गर्ने क्रममा आरोन जोनेसले कुशल भुर्तेललाई क्याच थमाए । यो तेस्रो विकेट थियो।

लगत्तै अर्को ओभरमा करनले चौथो विकेट लिए। उनले आफ्नो पहिलो ओभरको पाँचौँ र छैटौँ बलमा लगातार विकेट दिलाएका थिए। 

इन्सुइङ बलमा नब्स टेलरलाई एलबिडब्लू धरापमा पारेका उनले लगत्तै सैतेजा मुक्कामल्लालाई आरिफ सेखको हातबाट स्लिपमा समाउन लगाए।

तस्बिर : आइसिसी/गेट्टी इमेज