मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
रासस दोहा
२०८० असार ४ सोमबार १५:२२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कतार र युएईबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना

Read Time : < 1 मिनेट
रासस, दोहा
२०८० असार ४ सोमबार १५:२२:००

कतार र संयुक्त अरब इमिरेट्स (युएई)ले आफ्नो कूटनीतिक प्रतिनिधित्व पुनः स्थापित गर्ने घोषणा गरेका छन्। कतारको अबुधाबीस्थित दूतावास र दुबईस्थित महावाणिज्य दूतावास तथा युएईको दोहास्थित दूतावास सोमबारदेखि खुल्दै छन्।

कतार न्युज एजेन्सीका अनुसार दुवै पक्षले यो महत्वपूर्ण कदमले दुवै देशका नेतृत्वको दृढतालाई प्रतिबिम्बित गर्नुका साथै संयुक्त अरब पहलको प्रगतिमा योगदान पुर्‍याउँदै दुई अरब मुलुकको भ्रातृ आकांक्षा पूरा गर्न योगदान पुर्‍याउने कुरामा जोड दिएका छन्।

सन् २०१७ को जुनमा आतंकवादलाई सहयोग पुर्‍याएको र क्षेत्रीयस्तरमा अस्थिरता निम्त्याएको भन्दै साउदी अरब, युएई, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेका थिए। कतारले भने यी आरोपको खण्डन गर्दै आएको थियो।

यद्यपि, सन् २०२१ मा साउदी अरबलगायतका खाडी मुलुकले अल–उलामा भएको ४१औँ खाडी सहकार्य परिषद् शिखर सम्मेलनका क्रममा कतारसँग कूटनीतिक सम्बन्ध पुनः स्थापनाको घोषणा गरेका थिए । तर, कतिपय विषयमा सहमति जुट्न नसक्दा यी देश र कतारबीच पूर्ण सामान्यीकरणको प्रक्रियामा ढिलाइ भएको छ।