१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २९ सोमबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २९ सोमबार o७:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

समाजवादी प्रेस संगठनको अध्यक्षमा सुवेदी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २९ सोमबार o७:२२:oo

समाजवादी प्रेस संगठनको नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न मतगणनाअनुसार संगठनको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी उम्मेदवार भूपराज खड्कालाई पराजित गरे । सुवेदीले १४७ र खड्काले ११९ मत पाए । खुला उपाध्यक्षमा नवराज छत्कुली निर्वाचित भए । महिला उपाध्यक्षमा अस्मिता गिरी, सुदूरपश्चिम उपाध्यक्षमा नरेन्द्र भट्ट निर्वाचित भए । प्रदेशगत उपाध्यक्षमा ध्रुव रायमाझी, कृष्णराज गौतम, तीर्थ सिग्देल, सुभाष साह निर्विरोध भए । 

महासचिवमा रामकुमार एलन, उपमहासचिवमा प्रेम गौतम, लेखनाथ सिकारु र प्रतिज्ञा बुढामगर निर्वाचित भए । खुला सचिवमा अनिल शाही, शिवप्रसाद ढुंगाना र पूर्णबहादुर कार्की, महिला सचिवमा कान्ति न्यौपाने, दलित सचिवमा प्रदीप नेपाली र कोषाध्यक्षमा कृपा भण्डारी निर्वाचित भए ।

सदस्य पदमा निर्विरोध निर्वाचित भए पनि पदाधिकारीमा सहमति जुट्न नसकेपछि निर्वाचन भएको थियो । सुवेदीले संगठनलाई श्रमजीवी पत्रकारहरूको साझा संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । विद्रोहको औचित्य स्थापित गर्ने गरी काम गर्ने उनले बताए । संगठनको प्रथम राष्ट्रिय अधिवेशनको गत शुक्रबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका थिए । 

ad
ad
ad
ad