मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ७ आइतबार
  • Sunday, 24 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २२ सोमबार १२:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्नेतिर छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २२ सोमबार १२:१५:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सृष्टि गर्नेतिर भएको बताएका छन्।काठमाडौं विश्वविद्यालय सभाको ९७औँ बैठकलाई आज बिहान बालुवाटारमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्। 

उनले भने, ‘हामी सबैले मिहिनेत गरेर उत्पादन वृद्धि र रोजगारीको वातावरण बनाउनेतिर जानुपर्दछ।’ उनले काठमाडौं विश्वविद्यालयले रोजगारी स्वदेशमै सृष्टि गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।  

‘आफूले उत्पादन गरेको जनशक्तिलाई देशभित्रै खपत गर्ने वातावरण बनाउनका निम्ति सरकारलाई सहयोग गर्ने जिम्मेवारी यो विश्वविद्यालयको हो,’ प्रधानमन्त्रीले भने, ‘हामी अलिक धेरै नै राजनीति गर्नेजस्ता भयौँ। हरेक कुरामा राजनीति मात्र हुँदा देशमा आर्थिक, शैक्षिक र उत्पादनका विषयहरू पछि परे। जहाँ अनुशासन कायम भयो, जहाँ विकास निर्माणका कामलाई प्राथमिकता दिने भयो, त्यहाँ अनावश्यक राजनीतिक खिचातानी गर्ने ठाउँ नरहने र देशले आर्थिक विकासमा फड्को हान्ने वातावरण रहने रहेछ । यो विभिन्न देशको अनुभवहरू हेर्दा देख्न थाहा पाउन सक्छौँ। उत्पादनको विकास भएर धनी हुँदै गए रोजगारी पनि सोहीअनुरूप सृष्टि हुँदै जाने र दक्ष जनशक्ति पनि तयार हुने रहेछ।’