मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १५ सोमबार १८:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अतिरिक्त हुलाक खारेज गरिने, करिब ११ हजार कर्मचारीलाई सुविधासहित अवकाश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार १८:५३:oo

सरकारले अतिरिक्त हुलाकलाई खारेज गर्ने घोषणा गरेको छ। अतिरिक्त हुलाक खारेज गरी त्यहाँ कार्यरत कर्मचारीलाई सुविधासहित अवकाश दिने बजेट वक्तव्यमा उल्लेख छ। 

हुलाक सेवा विभागका अनुसार अतिरिक्त हुलाकतर्फ हाल १० हजार ८५८ दरबन्दी कायम छ। त्यसमा तीन हजार ७४ हुलाक प्रतिनिधि, तीन हजार २४ पत्र वितरक र चार हजार ७६० डाँकबाहक छन्। 

सरकारले गत वर्ष गठन हुलाक सेवा सुधारका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा गठन गरेको हुलाक सुधार कार्यदलले पनि अतिरिक्त हुलाक खारेज गर्न सिफारिस गरेको थियो। 

हुलाक सेवालाई पुनर्स्थापना गरी एक स्थानीय तह एक हुलाकको अवधारणा कार्यान्वयन गर्ने घोषणा पनि बजेटले गरेको छ।