१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १४ आइतबार
  • Friday, 09 May, 2025
नयाँदिल्ली
२o८o जेठ १४ आइतबार १o:३३:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

प्रधानमन्त्रीका रूपमा मोदीको नौ वर्ष पूरा

Read Time : < 1 मिनेट
नयाँदिल्ली
नयाँ पत्रिका
२o८o जेठ १४ आइतबार १o:३३:oo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकबाट प्राप्त स्नेह र सद्भावले राष्ट्रका निम्ति अझ परिश्रम गर्ने ऊर्जा प्राप्त भएको बताएका छन् । भारतको प्रधानमन्त्रीका रूपमा आफ्नो नौ वर्ष पूरा भएको अवसरमा मोदीले जनताबाट प्राप्त प्रतिक्रियाप्रति कृतज्ञता व्यक्त गर्दै उक्त विचार व्यक्त गरेका हुन् । 

बिहानैदेखि हाम्रो सरकारबारे गरिएको प्रशंसा आफ्ना लागि स्नेह भएको र त्यसले आफूलाई ऊर्जा दिएको उनले सामाजिक सञ्जालमा लेखेका छन् । प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले यही जेठ १६ गते दुई कार्यकालको नौ वर्ष पूरा गर्दै छ । यस अवसरमा भारतीय जनता पार्टीले सोही दिनदेखि एक महिनासम्म देशभर ५० स्थानमा विशेष सभा एवं र्‍याली गर्नेछ । केही कार्यक्रमलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नेछन् ।

भारतीय जनता पार्टीका अनुसार ती सभा तथा र्‍याली आगामी लोकसभा चुनावको तयारीमा केन्द्रित हुनेछन् । लोकसभा निर्वाचन करिब एक वर्षपछि हुँदै छ । सबैभन्दा ठूलो र्‍याली राजस्थानको अजमेरमा हुनेछ, जसलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नेछन् ।

विशेष सभा र र्‍यालीमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र अन्य शीर्ष नेता सहभागी हुनेछन् । नरेन्द्र मोदीले सन् २०१४ को मे २६ मा पहिलोपटक प्रधानमन्त्रीको शपथ लिएका थिए भने सन् २०१९ को मे ३० मा दोस्रो कार्यकालको शपथ लिएर भारतको सरकार प्रमुखका रूपमा शासन सञ्चालन गर्दै आएका छन् ।