१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल धितोपत्र बोर्ड कुन किसिमको निकाय हो ?

अर्थ जानकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:१२:oo

नेपालको धितोपत्र बजारको नियमन र सुधार तथा विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम स्थापित नेपाल सरकारको पुँजी बजारको नियमन निकाय नेपाल धितोपत्र बोर्ड हो ।

धितोपत्रको निष्कासन, खरिद, बिक्री, वितरण तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरूको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गर्नका लागि नेपाल सरकारबाट ०५० जेठ २५ गते बोर्डको स्थापना भएको हो ।

साथै, वस्तु विनिमय बजारको विकास तथा सञ्चालन, लगानीकर्ताको संरक्षण, वस्तुको कारोबार, राफसाफ तथा फस्र्योट र वेयर हाउस सञ्चालनसम्बन्धी व्यवसायलाई नियमन गर्न वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ जारी भएपश्चात् बोर्डमा वस्तु विनिमय बजारको नियमन गर्ने जिम्मेवारीसमेत रहेको छ ।

धितोपत्र बोर्ड

ad
ad