मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ११ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ ११ बिहीबार १o:o५:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ड्राइभिङ गर्दा पोलोराइज्ड सनग्लास 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ ११ बिहीबार १o:o५:oo

ड्राइभिङ गरिरहेका वेला अगाडिबाट वा साइडबाट आएको गाडीको प्रकाश टल्कियो भने पनि कतिपयलाई असहज लाग्छ । त्यसलाई कम गर्न धेरैले पोलोराइज्ड ग्लास रोज्नुहुन्छ । केही महँगो भए पनि ड्राइभिङ गरिरहने तथा पानीवरपर धेरै समय बिताउने व्यक्तिका लागि पोलोराइज्ड लेन्स उत्कृष्ट विकल्प हो ।

चर्को घाममा हिँड्दा कालो र ग्रे कलरको सनग्लास लगाउनु उपयुक्त हुन्छ । यी कलरले ब्राइटनेस र ग्लेयरबाट बचाउँछन् । बादल लागेको वा हल्का अँध्यारो भएको दिनमा ब्राउन वा एम्बर कलर राम्रो हुन्छ । यसले कन्ट्रास्ट बढाउँछ । फिसिङ, हाइकिङ, साइक्लिङमा जानेले यो ग्लास लगाउनु राम्रो हुन्छ । 

लो लाइट कन्डिसन अर्थात् घाम मज्जाले नलागेको समयमा यल्लो र अरेन्ज कलर पनि राम्रो मानिन्छ । इन्डोर स्पोर्टस्का लागि यो ग्लास राम्रो हुन्छ । हिउँ खेल्न जानेले पनि यी कलरका ग्लास लगाउन राम्रो हुन्छ ।