१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ७ आइतबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ ७ आइतबार o९:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

अर्जेन्टिनामा ब्याजदर ६ प्रतिशतले बढ्यो, मुद्रास्फीति ९७ प्रतिशत पुग्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ ७ आइतबार o९:o२:oo

अर्थ विश्व

सेन्ट्रल बैंक अफ अर्जेन्टिनाले बढ्दो मुद्रास्फीतिको सामना गर्न ६ प्रतिशत ब्याजदर बढाएको छ । योसँगै अर्जेन्टिनाको मुद्रास्फीति ९७ प्रतिशत पुगेको छ । यो ३० वर्षकै सर्वाधिक उच्च हो ।

विश्वका केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण गर्न संघर्ष गरिरहेका छन् । तर, अर्जेन्टिनामा यो विशेष खालको समस्या भएको बताइएको छ । त्यहाँ वार्षिक मुद्रास्फीति दर गत महिनाको तुलनामा १०० प्रतिशत वृद्धि भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का अनुसार यो सन् १९९० को दशक सुरु भएयताकै उच्च हो । हाल भेनेजुएला र जिम्बाम्वे अर्जेन्टिनाको तुलनामा उच्च मुद्रास्फीति भएका देश हुन् । तुलनात्मक रूपमा अमेरिकाको मुद्रास्फीति ५ प्रतिशतभन्दा मुनि छ । केन्द्रीय बैंकले १४ महिनामा ब्याजदरमा पाँच प्रतिशतले वृद्धि गरेको छ । 

केन्द्रीय बैंकका अनुसार अर्जेन्टिनी केन्द्रीय बैंकले पनि बढ्दो मुद्रास्फीति दरले देशको मुद्रामा लगानीलाई प्रोत्साहित गर्नेछ । अधिक मुद्रास्फीतिको परिणामस्वरूप अर्जेन्टिनाको पेसोमा लगानी बहिगर्मन भयो, जसले गर्दा यो वर्ष अमेरिकी डलरको तुलनामा यसको मूल्य २३ प्रतिशतले कम भयो । 

अक्टोबरमा हुने राष्ट्रपति चुनावपूर्व अर्थमन्त्री सर्जियो मस्साले थप मुद्रा अवमूल्यन हुनबाट बच्न र मुद्रास्फीति नियन्त्रण गर्नतिर ध्यान केन्द्रित गरेका छन् । उनलाई सम्भावित तेस्रो पक्षको उम्मेदवारका रूपमा हेरिएको छ । कारण, गत महिना राष्ट्रपति अल्बर्टो फर्नान्डिजले आफू पुनः चुनाव नलड्ने घोषणा गरेका थिए । मस्साको सफलता यो मुद्रास्फीतिसँग जुझिरहेको योजनाको परिणामसँग जोडिने सम्भावना छ । 

विश्लेषकहरूको अनुमानअनुसार नयाँ दरमा भएको बढोत्तरीले अर्जेन्टिनाको बजारमा कुनै पनि वास्तविक परिवर्तन ल्याउने देखिएको छैन । अर्जेन्टिनी केन्द्रीय बैंकका अर्थ–सल्लाहकार तथा पूर्वउपप्रबन्धक मिगुएल किगुलले सरकार मुद्रास्फीतिसँग पूर्ण रूपमा हारेको बताएका छन् ।

‘मलाई डर लागेको छ, सरकारले निकै ढिला गरी काम सुरु गर्‍यो,’ मिगुएलको भनाइ छ, ‘मुद्रास्फीतिसँग लड्ने अस्त्र भनेकै ब्याजदर बढाउनु हो । तर, यसमा समय लाग्छ ।’ केन्द्रीय बैंकले ब्याजदर बढाएपछि त्यसको प्रभाव तीन महिनापछि नै महसुस हुने उनको भनाइ छ । 

अर्थ–व्यवसायसँग सम्बन्धित कुनै पनि जिज्ञासा वा विचार भए हामीलाई इमेल गर्न सक्नुहुन्छ । प्राथमिकताका आधारमा क्रमशः प्रकाशन गर्नेछौं । 
email: [email protected]

ad
ad
ad
ad