मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २५ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २५ सोमबार १७:३४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसद अमरेशकुमारविरुद्ध अख्तियारमा उजुरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २५ सोमबार १७:३४:oo

स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सर्लाही ४ बाट निर्वाचित सांसद सिंहविरुद्ध कांग्रेस सर्लाहीका प्रवक्ता विकाशकुमार ठाकुरले सोमबार उजुरी दिएका हुन्। 

सांसद सिंहमाथि आमनिर्वाचनका क्रममा मतदाता खरिद गरेको र अस्वाभाविक रूपमा आर्थिक हैसियत कायम गरेको आरोप छ।

ठाकुरले आयोगमा दिएको उजुरी निवेदनमा उल्लेख छ, ‘मधेस प्रदेश, निर्वाचनका क्रममा देखाएको आर्थिक रवाफ तथा मतदाता खरिद गर्न प्रयोग भएको व्यवस्थापनले यति ठूलो आर्थिक हैसियत बनाउनु एक नेताका लागि महत्वपूर्ण विषय हो। यसका साथै सर्लाहीबाट आर्थिक चलखेलले पटक–पटक निर्वाचित हुँदा पनि त्यस क्षेत्रको समृद्धिका लागि कुनै पहल नगरी आफू र आफ्ना नजिकका आफन्तलाई पोस्ने कार्य निरन्तर भइरहेको छ। राजनीतिलाई पेसा बनाएर सर्लाही जिल्लालाई यो तहको धोकाधडी लामो समय सहन नसक्ने भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तपशीलबमोजिमका आधारमा अनुसन्धान गरी आवश्यक कारबाही गरी पाऊँ।’

सर्लाहीको बलरा नगरपालिका वडा नं ४ स्थायी ठेगाना भई हाल ललितपुरको भैँसेपाटीमा बस्ने ५२ वर्षीया अमरेशकुमार सिंह पछिल्लो ०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नं ४ बाट स्वतन्त्रतर्फबाट निर्वाचित सांसद हुन्। 

उनी ०६३ सालको पहिलो अन्तरिम संसदमा पनि सांसद थिए। ०६४ सालको संविधानसभा निर्वाचनमा पराजित हुनुभएका सिंह त्यसपछिका लगातार तीन निर्वाचनमा निर्वाचित भएका हुन्। पछिल्लो निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भए पनि यसअघिका सबै निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए।

सामान्य परिवारमा जन्मिएका सिंह कांग्रेसका तत्कालीन नेता महन्त ठाकुरका स्वकीय सचिवसमेत थिए। ०६३ सालबाट एकैपटक नेपाली कांग्रेसको राजनीतिमा उदाएका सिंहले गरेको आर्थिक फड्को सर्लाही जिल्लाका आमजनता तथा मतदाताका लागि आश्चर्यको विषय बनेको निवदेनमा उल्लेख छ।